बाँसबाट निर्मित सामग्री बेच्न तिहार र छठ कुर्दै डोम बस्ती
बर्दिवास । तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने पुख्र्यौली ब्यवसाय अँगाल्दै आएका डोम बस्तीमा खुशी छाएको हो ।
चरम गरीबीले गर्दा वर्षभरि अभावनै अभावमा बित्ने डोम समुदायमा ससाना नानीको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ । “ससाना नानी र घरपरिवारका रहर त हामी गरीबका पनि हुँदा रे छन्” एकाबिहानै चोयाको छिटी बुन्न तल्लिन रहेका जिल्लाको भङ्गाहा नगरपालिका–५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भन्नुभयो, “ती सबै रहर र चाहना हामीले तिहार र छठपर्वमा पूरा गर्ने आश साँचेका हुन्छौँ ।”
तिहार र छठ नजिकिँदै गर्दा ससाना नानीको फर्माइस ‘माग’ पनि दिनहुँजसो बढी रहेको हुन्छ । ‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ ‘बुबा, म तिहार र छठपर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीवीरङ्गी चङ्गा ल्याई दिनुहोला तिहार र छठपर्वका लागि माग भएका चोयाका समान बुनी रहेका जिल्लाकै रामगोपालपुरका अछवा मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा अजय मरिकले माग गरे ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोम ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइ रहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नीसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठचैँ आफूहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोम बताउँछन् ।
जिल्लाभरिमा एक हजार ५० ९२०६८ सालको जनगणनाअनुसार, स्रोत–जिल्ला तथ्याङ्क कार्यालय महोत्तरी० मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।
तिहार र छठ नजिकिएसँगै डोम बाँसको खोजमा निस्कने र घर ल्याइएका बाँस फोडेर फुटाएर चोया काढ्दै त्यसबाट आफ्नो सीप पोखी रहेका छन् । तिहार र छठले आफ्नो झुप्रा बस्तीमा पनि खुशी छिराउने आम डोम जातिको सपना छ । यही बेला आफूहरूका लागि नयाँ लुगा फेर्न, मीठोमसिनो खान र नानीहरूको रहर पूरा गर्र्न उपयुक्त अवसर भएको डोम समुदायका अगुवा बताउँछन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












