तिहारको रमझम !
सरस्वती पाण्डे/मैले केही दिनअघि हामी नेपालीहरूको दोस्रो महान् चाड तिहालाई लक्षित गरेर नेपालमा फूलको आयात, निर्यात र आफैंले फूल उत्पादनको बारेमा लेखेंको थिएँ । आज भने म तिहरमा प्रयोग हुने सामग्रीहरूमा मूल्य वृद्धि र तिहारको चहलपहलका बारेमा आफ्ना मनमा उब्जेका कुराहरू लेखेकी छु । अब लागौँ विषयतिर नै !
शहरका विभिन्न ठाउँहरूमा मानिसहरूको चहलपहल छ । काठमाडौँ उपत्यकामा अझ गाह्रो अवस्था आइसकेको छ । दशैं मान्न गाउँ गएकाहरू उपत्यका भित्री सकेका धेरैको संखयामा । कोही गाउँमै रहेका छन् । गाउँमा हुनेहरू तिहार र छठपछि पक्कै पनि शहर आउने छन् । अनि काठमाडौँमा साविककै जस्तो जनचाप हुन्छ नै । तर,जे होस्, दुःखै गरेर भए पनि शहर बस्न मन लागिहाल्छ नि !
मैले यति धेरै पृष्ठभूमि जोड्नुको अर्थ भिडभाड कतिसम्म छ भन्न खाजेको हो । यता जाऊ, उता जाऊ भिडैभिड ! सामान किन्नेको भिड । साँगुरा हाम्रा सडकमा अटेस-मटेस हुँदै न्युरोड, बसन्तपुर, असन आदि मुख्य व्यापारिक ठाउँमा यो देखिन्छ । अझ हामी चेलीहरूलाई त तिहार आउँदा केही खर्च अवश्य पनि गर्नुपर्ने हुन्छ । दाजु–भाईलाई भाइटीकाको दिन दिने आवश्यक सामग्रीहरू किन्नै पर्छ । भाईमसला भन्ने सामान किन्नेहरूको चहलपहलले गर्दा साँच्चै तिहार आएजस्तो पनि लाग्छ । त्यसो त यो बाहेक अन्य दैनिक उपभोग्य सामान किन्नको लागि पनि भिडभाड भैहाल्छ नि !
बजारमा गएर कुनै पनि खाद्य पदार्थको हास् या लत्ता कपडाको मूल्य छोइसाध्य छैन । सुनको जस्तो मूल्य ! सरकारले सुपथमूल्य पसल राखे पनि त्यसमा पनि विचौलीया हावी भएको देखिन्छ । मूल्य पनि यतिसम्म बढाएका छन् कि सुन्दा नै पसिना आउने । हेर्नुस् त ! काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा किन्न पाइने । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ । पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो । यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् । दालचिनी प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
यस्तो डरलाग्दो मूल्य । कसरी किनेर कसरी तिहार मनाउने ? हुने खानेले त किन्न सक्लान र राम्रोसँग मनाउलान । नहुनेले के गर्ने ? के चाड नै नमनाउने ? सबैले बनाउँदा, महनाउने रहर हुँदैन र ? हुन्छ अवश्य हुन्छ । नहुने कुरै हुँदैन । चाहना हुन्छ । इच्छा हुन्छ । संवेग हुन्छ । न्युन आय भएका जनताका लागि पनि सरकारले चाडवाड मनाउने वातावरण बनाइदिनु पर्छ । सबै मिलेर चाडबाड मान्नु नै चाडबाडको विशेषता हो । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि व्यवसायीले मनलाग्दी मूल्य बढाउने गर्छन् । यो सत्य हो । सरकारले अुनगमत त गर्छ तर एकदम फितलो । हामी कहाँनीर चुकेका छौँ ? के हाम्रा अनुगमन गर्ने कर्मचारीहरू पनि कतै पैसामा विकेका छन् कि ? शंका गर्ने ठाउँहरू प्रशस्तै छन् । आशा छ, सरकारले मूल्यवृद्धि रोक्ने छ र जनतालाई मूल्यभार ज्यादा पर्ने छैन ।
अब लागौं तिहारकै अर्को रमाइलो प्रसंगतिर । तिहार आफैं पनि रंगीन पर्व हो । रंगीन दुनियाँमा रंगहरूको कुनै कमी नै छैन हामीलाई । फूल रंगीन, टीका त उसै रंगीन । रमाइलो पनि कति हुन्छ भनेनी–शहर विभिन्न रंगीबिरंगीका बत्तीले झिलीमिली । देउसी र भैली पनि उत्तिकै । साँस्कृतिक पर्वको बहुमुखी रौनकता हाम्रो जस्तो अरू कसको होला र ! आफैंमा गौरब , आफैंमा खुसीको अनुभूति । तिहारले गर्दा काठमाडौँ उपत्यका, पोखरा लगायका शहरहरू बेहुली झैँ देखिन्छन् । आहा ! हेर्दै आनन्द आउँछ । यसले तिहारको महिमालाई विशेष गरी बुझाउँछ । काग, कुकुर, गोवद्र्धन, लक्ष्मी, भाइको पूजा गर्दा तिहार साँच्चै रमाइलो । तिहारमा जथाभावी रूपमा पटका पट्काउन भने छाडौँ है ! साना–भाई बहीनीहरू ! यसको सट्टामा अरू नै काम गरेर पनि मनोरञ्जन लिन सकिन्छ । सबै सचेत भएर, आफ्नो गक्ष अनुसार तिहार मनाउनुपर्छ ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












