अष्ट्रेलियाविरुद्ध भारतको सहज जित
काठमाडौं । भारतले तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ ।
मेलबर्न क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई १३७ रनले पराजित गरेको हो । ३९९ रनको चुनौती पछ्याउँदै दोस्रो इनिङ्स थालेको अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६२ रन मात्रै बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि पट कुम्मिन्सले ६३ र साउन मार्सले ४४ रन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ भारतका रविचन्द्र जडेजा र जस्पि्रत बुमराहले समान ३-३ विकेट लिए । यस्तै, मोहम्मद सामी र इशान्त शर्माले समान २-२ विकेट लिए ।
यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाएको थियो ।
भारतले आफ्नो दोस्रो इनिङ्समा आठ विकेटको क्षतिमा १०६ रन बनाएपछि पारीको समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । भारतले आफ्नो पहिलो इनिङ्समा भने ४४३ रन बनाएको थियो ।
जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा २-१ को अग्रता बनाएको छ । यसअघि पहिलो टेष्ट क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई ३१ रनले पराजित गरेको थियो । तर दोस्रो टेष्ट खेलमा भने भारतलाई अष्ट्रेलियाले १४६ रनले पराजित गरेको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












