‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ । बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...



काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् ।
अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ ।
बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन् । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।









