नेमार सर्वाधिक महंगा खेलाडी, मूल्य २०६.५ मिलियन पाउन्ड
एजेन्सी । ब्राजिलका स्टार नेमार संसारकै मूल्यवान् खेलाडी भएका छन्। हालैको एक अध्ययनले २६ वर्षीय नेमारलाई महँगो खेलाडीको सूचीमा राखेको छ। फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यवान् खेलाडीको पहिलो सूचीमा राखेको हो। नेमारको मूल्य २०६.५ मिलियन पाउन्ड रहेको छ।
नेमारपछि दोस्रो स्थानमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे रहेका छन्। तेस्रो स्थानमा अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेसी छन्। एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउन्ड रहेको छ। मेसीको मूल्य १८३.२ मिलियन पाउन्ड छ।
यसैगरी महँगा खेलाडीको शीर्ष १० मा इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको वर्चस्व छ। फुटबल बेन्चमार्कका अनुसार १५१.६ मिलियन पाउन्ड मूल्य रहेका लिभरपुलका मोहमद सलाह चौथो, १४८.२ मिलयन पाउन्ड मूल्य रहेका इडेन हाजार्ड पाँचौं, १३६.१ मिलियन पाउन्डसहित टोट्टनहामका कप्तान हेरी केन छैटौं र १२९.४ मिलियन पाउन्डसहित केभिन डे ब्रुुयन सातौं स्थानमा छन्।
शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोइन ग्रिजम्यान र फिलिप काउटिन्हो रहेका छन्। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० भित्र अटाउन सकेका छैनन्। १२औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउन्ड मात्रै छ।
संसारकै महँगा खेलाडीको सूचीमा रहेका नेमार दुई वर्षअघि स्पेनिस महारथी बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गएका थिए। तर, नेमार पीएसजीमा त्यति नरमाएको समाचार बाहिरिएको थियो। उनी पछिल्लो समय बार्सिलोना फर्कन चाहेको र एजेन्टमार्फत सल्लाह गरिरहेको हल्ला पनि चल्न थालेको छ।
बर्सिलोनाका कप्तान मेसीले हालै मात्र पूर्वसहकर्मी नेमार बार्सिलोना फर्किएको हेर्न आफू आतुर रहेको बताएका थिए। मेसीले हालै क्रिसमस बिदामा स्पेनिस पत्रिका मार्कालाई अन्तर्वार्ता दिने क्रममा नेमारको बार्सिलोना फिर्तीबारे खुलासा गरेका थिए। पहिला नेमार मेसीको छायामा परेका कारण पीएसजी गएको समाचार पनि बाहिर आएको थियो।
अहिले आएर नेमार पीएसजीमा खुसी नरहेको र बार्सिलोना फर्कन एजेन्टमार्फत सल्लाह गरिरहेको समाचार आएका छन्। मेसीले नेमारको बार्सिलोना फर्कने सम्भावना बारे भनेका छन्– ‘नेमार बार्सिलोना फर्कन सक्नेछन्। त्यो प्रक्रिया भने निकै कठिन हुुनेछ। उनी फर्किऊन् भन्ने हामी सबै चाहन्छौं। यहाँको ड्रेसिङ रुम र लकरले समेत नेमारलाई सम्झिरहेको छ जस्तो लाग्छ।’
मेसीले नेमार र आफू एकदम मिल्ने साथी भएको र महत्वपूर्ण क्षण सँगै बिताएको पनि बताए। बार्सिलोनाले नेमारलाई फर्काउन चाहे पनि पीएसजीले उनलाई सजिलै छाड्नेमा त्यति विश्वास भने गरिएको छैन।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












