डिपिएलः रुपन्देही च्यालेन्जर्स प्लेअफमा प्रवेश
काठमाडौं ।
रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग (डिपिएल) टी—ट्वेन्टी प्रतियोगिताको प्लेअफमा पुगेको छ । सोमबार भएको पहिलो खेलमा धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो ।
१५ ओभरमा झारिको खेलमा रुपन्देही १५ ओभरमा १ सय ६ रनमा अलआउट भयो। १ सय ७ रनको लक्ष्य पछ्याएको धनगढी १४ ओभरमा ६७ रनमै अलआउट भयो।
धनगढीका लागि पवन सराफले १९बलमा १५ रन जोडे। सन्दीप रजालीले १० रन र कप्तान सोमपाल कामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा रुपन्देहीका ललित भण्डारीले ३ विकेट लिए। विक्रम शोवले २ विकेट लिँदा भीम सार्की, कप्तान भीम सार्की र पुनित महेराले १–१ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीका लागि सुमित महर्जनले २४ बलमा ३३ रन र विनोद भण्डारीले २५ बलमा २४ रनको योगदान दिए। बाबर हायतले १० बलमा १ चौका र २ छक्काको मद्दतमा १९ रन जोडेका थिए। बलिङमा धनगढीका सोमपाल कामी, पवन सराफ र विपिन खत्रीले २–२ विकेट हात पारे। अमिर हायत र रोहान मुस्ताफाको नाममा १–१ विकेट रह्यो।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












