डीपीएल क्रिकेटः काठमाडौंलाई हराउँदै अत्तरिया फाइनल प्रवेश
काठमाडौं । धनगढी प्रिमियर लिगमा बुधबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै सीवाईसी अत्तरिया फाइनल प्रवेश गरेको छ । अत्तरियाले काठमाडौंलाई ४१ रनले पराजित गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८.३ ओभरमा अल आउट भयो । अल आउट हुनुपूर्व काठमाडौंले ६९ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि गौरभ तमोरले २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले ११—११ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ सन्नी पटेलले ३, र कमलसिंह ऐरी र भुवन कार्कीले समान २—२ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र आठ रन खर्चेर एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । त्यस्तै, सन्नी पेटलले २८ रन बनाउदा शुभेन्दु पाण्डेले १६ रन बनाएका थिए ।
बलिङतर्फ काठमाडौंका सूर्य तामाङ र अंकित दबासले समान २—२ विकेट लिए ।
विजेता टिम अत्तरिया फाइनलमा पुग्दा काठमाडौंलाई दोस्रो क्वालिफायरको खेल खेल्दै फाइनल पुग्ने अवसर छ । महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुदैछ । दुई टिमबीचको विजेतासँग काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशका लागि खेल्नेछ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












