दुई महिनामा दुई लाख पर्यटक नेपाल आए !
काठमाडाैं । सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा सा सङ्ख्यामा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या ९२.५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५.३ प्रतिशतले मात्रै बढेको छ ।
युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको सङ्ख्या क्रमशः ८.७, २७.९ र ७.६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । सो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए । गत वर्षको तुलनामा यस वर्षको दुई महीनामा ४० प्रतिशतले बाह्य पर्यटक आगमन बढेकाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन थप प्रवद्र्धनात्मक कार्यक्रम गरिने उनले बताए ।
Comments
अरु समाचार
-
भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा उद्धार कोषमा सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












