प्रधानमन्त्रीले तयार पारे फिर्ता बोलाउने मन्त्रीको नाम, यी हुन रेड जोनमा परेका मन्त्रीहरु !
काठमाडौ । नेकपाका दुवै अध्यक्षको गोप्य वार्ताले मन्त्रीमण्डल परिवर्तन गर्न अन्तिम तयारी पुरा गरेको छ ।
सरकारका कामहरु चुस्त बनाउन र मन्त्रीहरुको क्षमतामाथी नै प्रश्न उठाउदै बहालवाला केही मन्त्रीहरुलाई विदाई गर्ने सहमती प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको हो। यद्यपी प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीमण्डल परिवर्तनबारे निर्णय गर्न स्वतन्त्र रहेको भन्दै आफु यसबारे धेरै सक्रिय नहुने वचन दिएको स्रोतको दावी छ ।
डेन्जरजोनमा परेका केहि मन्त्रीहरु प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका खास मान्छे भएकाले पनि केही समस्या देखिएको स्रोतको दाबी छ ।खानेपानीमन्त्री बीना मगर र रक्षामन्त्री इश्वर पोखरेललाई प्रचण्ड-ओलीबीच यथावत राख्ने सहमती भएको स्रोतले जनाएको छ ।
तर, उद्योगमन्त्री मातृकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणि खनाल ‘वलदेव’ यातायातमन्त्री रघुवीर महासेठ , स्थानीय विकासमन्त्री लालबाबु पण्डित र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याललाई विदाई गरेर नयाँ मन्त्री ल्याउने सहमती भएको हो ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनमा निधन भएपछी रिक्त भएको मन्त्रालयसहित फिर्ता बोलाइएका मन्त्रीहरुको स्थानमा नयाँलाई बहाली गर्न ओली-प्रचण्ड सहमत भएको स्रोतको दाबी छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रती समेत प्रचण्ड असन्तुष्ट रहेको र उनलाई समेत फिर्ता गर्न प्रचण्डले बिशेष प्रस्ताव लैजान लागेको स्रोतको दाबी छ । गृहमन्त्री बादलले पार्टीमा कुनै सल्लाह नगरेर विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रचण्ड क्रुद्ध बनेका हुन् ।
गृहप्रशासन कमजोर बन्दै गएपनी मन्त्री बादलसँग बहुमत सदस्य भएकाले प्रचण्डले उनलाई यथावत राख्ने तयारी थालेका थिए । तर, पछिल्लो समय सरकारले लगाएको प्रतिबन्धबारे विवाद बढेपछि बादल समेत डेन्जर जोनमा परेका हुन् । भने उनीहरु प्रधानमन्त्रीले सुरु गरेको मुल्याङकनमा समेत उनीहरु फेल भएका थिए ।
प्रचण्डले मण्त्रीमण्डल परिवर्तनबारे प्रधानमन्त्री ओलीसङ्ग छलफल भएको भन्दै छिट्टै परिवर्तन गर्ने तयारी थालेको संकेत दिइसकेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












