नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ५० लाख वरावरको घातक रोग जोखिम वहन स्किम
चैत्र १३, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको जोखिम बहन गर्न भन्दै आकर्षक बीमा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्न ५० लाख रुपैयाँसम्मको ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सर्वसाधारणलाई घातक रोग लाग्दा आर्थिक संकट आइ नपरोस भन्ने उद्धेश्यले यो योजना सार्वजनिक गरेको जनाए । उनले भने, अहिले विश्व मै घातक रोगका कारण मान्छेहरु समस्यामा फसेका छन् । आर्थिक पाटो समेत धेरै महंगो हुने हुनाले बीमाको विकल्प सोच्न कम्पनी बाध्य भएको हो ।
कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ। साविकको योजना बीमा अवधिसम्म चालू रहनेछ। यस पूरक करारले थप जोखिम बहन गर्नेछ। ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ।
यो योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ।
यो योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ। कम्पनीले बीमितलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रति हजारमा बोनस दिइरहेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सर्वाधिक जीवन बिमा कोष ५९.४९ अर्ब, सर्वाधिक लगानी ६५.९८ अर्ब छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












