३ मिनेटमै महाविनाश- ‘न घर रह्यो, न खानलाई अन्न’
बारा । ६२ वर्षे महन्थ रामलाई लागेको थियो–आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरुको झै सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्याएको थिएन ।
जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।
‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ, ‘बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि कहिल्यै महसुस गरेको थिइनँ । हेर्दा हेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ । जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
Comments
अरु समाचार
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...