मैले निर्वाचन जितेपछि सिंगो नेपालले माडी चिन्योः प्रचण्ड
काठमाडाैं । नेकपा अध्यक्ष प्रचण्डले समाज शिक्षित बन्दै गएपछि हामी कृषिमा परनिर्भर बन्दै गएको भन्दै उत्पादनमा जोडिन आग्रह गरेका छन् ।
चितवनको माडीमा पुगेका प्रचण्डले सिंगो नेपालले माडीलाई चिनेको भन्दै आफू निर्वाचनमा लड्दै गर्दाको क्षणको स्मरण समेत गरेका छन् ।
पुर्खाले गरेको योगदान र उत्पादनलाई हामीले अनुशरण गर्नुपर्ने बेला आएको भन्दै प्रचण्डले भने, पुर्खा (बाउ, बाजे)को पालामा भएको कृषिमा शुद्धता र त्यो खाने कुराले उनीहरुको जीवनमा देखिएको परिवर्तन आज हाम्रो जीवनसँग जोड्दा विल्कुलै नमिल्ने दाबी गरेका छन्। माडीका युवाले अब शिक्षित मात्रै नबनेर कृषिमा निर्भरता र विषादीयुक्त खानेकुराको उत्पादन गर्न सुझाव दिएका छन् ।
प्रचण्डले माडीका लागि रिङ रोड बनाउने भन्दै विकासका कुरामा आउँदा पाँच वर्षे योजनाले देखाउने दाबी गरेका छन् । भाषण गरेर भन्नू भन्दा कामले देखाउछु भन्दै प्रचण्डले त्यहाँका जनतालाई आशावादी हुन समेत आग्रह गरेका छन् ।
यस्तै, अध्यक्ष प्रचण्डले माडीबासी जनताको अधिकारका लागि आफै अनशन बस्ने तयारी थाल्छु भनेपछि प्रधानमन्त्री सकारात्मक ढंगले लागेको दाबी गरेका छन् ।
मानव वस्तीका लागि माडीबाट राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कुरामा आफूले ठूलो कानुनी तथा अन्य किसिमका जटिलता बहन गर्न तयार रहेको दाबी गरेका छन् । यसैमा थप्दै प्रचण्डले आफू नै माडीबासीका समस्या समाधान नगर्ने हो भने म नै आमरण अनशन बस्छु भनेर प्रधानमन्त्रीसाँग भनेपछि राष्ट्रिय निकुञ्ज ऐन संशोधनको लागि प्रक्रियामा गएको जनाएका छन् ।
भुमी सुधारमन्त्री पद्मा अर्यालसँग छलफल भएर जनताको जग्गामाथिको अधिकारबारे छलफल भएको दाबी समेत गरेका छन् । माडीका जनताले उपभोग गरेको जग्गा जमिनको लालपुर्जा समेत उपलब्ध गराउन आफू लागेको र केहि समय मै यो समस्याले हल पाउने समेत जनाएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












