अख्तियारको सञ्चार विज्ञमा पत्रकार अधिकारी नियुक्त
पत्रकार शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा नियुक्त भएका छन् ।
अख्तियारले आफ्नो जनसम्पर्क तथा सञ्चार क्षेत्र फराकिलो बनाउन अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएकाे छ ।
राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचिका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्।अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए ।
यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञ रहिसकेका अधिकारी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत थिए।
उनी भ्रष्टाचारका विषयमा खोजी पत्रकारिता अभिवृद्धि गर्न बारबरा फाउन्डेसनका संस्थापक स्वर्गीय वारवरा एडम्सले स्थापना गरेको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मानको ‘जुरी’ सदस्यका हैसियतले सक्रिय छन् ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अधिकारी दुई दशकदेखि नेपाली पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रका विभिन्न विधामा क्रियाशील छन् । उनले केही संस्थामा आवद्ध भएर एकल तथा सामूहिक खोज/अनुसन्धानमा संलग्न भएर काम गरिसकेका छन्।
उनीसँग कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र समय साप्ताहिक म्यागजिन लगायतमा काम गरेको अनुभव रहेको छ। उनले नेपाली समाजका विभिन्न विधामा मुख्य लेखन तथा सह–लेखनमा केही पुस्तकसमेत प्रकाशित गरेका छन्। उनी केही सामाजिक प्राज्ञिक संघसंस्थासँग पनि सम्बद्ध छन्।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












