धर्मप्रचारकको टोपि लगाएर होलीवाइन छर्किँदै हिँड्ने सरकार गुठियारमाथि लाठी बर्षायोः कांग्रेस
काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार माइतीघर मण्डलामा गुठीयारहरुमाथि भएको दमनको भत्र्सना गरेको छ ।
सोमबार बसेको दुवै सदनको बैठकमा गुठी संरक्षणको पक्षमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको कांग्रेसले निन्दा गरेको हो। गुठियारहरुको प्रदर्शनमा भएको दमनको विरोधमा कांग्रेसले दुवै सदन पनि अवरुद्ध गरेको छ । बैठक सुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँका गुठीयारमाथि भएको दमनको भर्त्सना गरे। उनले करोडौँ रुपैयाँ खर्चिएर होलीवाइन छर्किँदै हिँड्ने सरकारले आमनागरिकमाथि लाठी प्रहार गरेर धर्म प्रचारकसँग बिकेको दाबी गरे। ‘सरकार आफैँ करोडौँ रुपैयाँका होलीवाइन छर्किँदै हिँड्न, अनि गुठीयारमाथि लाठी बर्साउँछ’, खाँणले भने, ‘धर्मप्रचारक विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिएपछि नेपालको धर्म संस्कृतिमाथि सरकाले प्रहार गरेको छ ।’
कांग्रेसले सरकारबाट बारम्बार विवादास्पद विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ । ‘माइतीघरमा जुन घटना भएको छ, त्यो दुःखद छ। यस्ता विधेयक बारम्बार किन प्रवेश गराउन खोजिन्छ ?’, उनले भने, ‘मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक, र गुठीसम्बन्धी विधेयक आपत्तिजनक छन्।’
पछिल्लो पटक गुठीसम्बन्धी विधेयक गैरजिम्मेवार भएर सरकाले ल्याएको बताउँदै उनले यसले गुठीको अस्तित्व समाप्त गर्ने दाबी गरे। बैठकमा नेकपाकी सांसद पम्फा भुसालले पनि गुठियारसँग सोध्दै नसोधी सरकारले माथिबाट विधेयक ल्याएर गलत गरेको बताइन्। त्यसैगरी राष्ट्रिय सभामा पनि कांग्रेसका सांसदहरुले त्यही विषयलाई लिएर अवरोध गरेका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












