धर्मप्रचारकको टोपि लगाएर होलीवाइन छर्किँदै हिँड्ने सरकार गुठियारमाथि लाठी बर्षायोः कांग्रेस
काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार माइतीघर मण्डलामा गुठीयारहरुमाथि भएको दमनको भत्र्सना गरेको छ ।
सोमबार बसेको दुवै सदनको बैठकमा गुठी संरक्षणको पक्षमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको कांग्रेसले निन्दा गरेको हो। गुठियारहरुको प्रदर्शनमा भएको दमनको विरोधमा कांग्रेसले दुवै सदन पनि अवरुद्ध गरेको छ । बैठक सुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँका गुठीयारमाथि भएको दमनको भर्त्सना गरे। उनले करोडौँ रुपैयाँ खर्चिएर होलीवाइन छर्किँदै हिँड्ने सरकारले आमनागरिकमाथि लाठी प्रहार गरेर धर्म प्रचारकसँग बिकेको दाबी गरे। ‘सरकार आफैँ करोडौँ रुपैयाँका होलीवाइन छर्किँदै हिँड्न, अनि गुठीयारमाथि लाठी बर्साउँछ’, खाँणले भने, ‘धर्मप्रचारक विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिएपछि नेपालको धर्म संस्कृतिमाथि सरकाले प्रहार गरेको छ ।’
कांग्रेसले सरकारबाट बारम्बार विवादास्पद विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ । ‘माइतीघरमा जुन घटना भएको छ, त्यो दुःखद छ। यस्ता विधेयक बारम्बार किन प्रवेश गराउन खोजिन्छ ?’, उनले भने, ‘मानवअधिकार विधेयक, मिडिया काउन्सिल विधेयक, र गुठीसम्बन्धी विधेयक आपत्तिजनक छन्।’
पछिल्लो पटक गुठीसम्बन्धी विधेयक गैरजिम्मेवार भएर सरकाले ल्याएको बताउँदै उनले यसले गुठीको अस्तित्व समाप्त गर्ने दाबी गरे। बैठकमा नेकपाकी सांसद पम्फा भुसालले पनि गुठियारसँग सोध्दै नसोधी सरकारले माथिबाट विधेयक ल्याएर गलत गरेको बताइन्। त्यसैगरी राष्ट्रिय सभामा पनि कांग्रेसका सांसदहरुले त्यही विषयलाई लिएर अवरोध गरेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












