लोकसेवाको विज्ञापनः एक मिनेटमै सय जनाको आवेदन !
काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाएपछि अन्तिम समयमा अनलाईइन फारम भर्नेको संख्या ह्वात्तै बढेको छ ।
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएपछि फारम भर्नेको संख्यामा कमी आएपनि फारम भर्ने मिति अन्तिम हुनै लाग्दा भने प्रति एक मिनेटमा एकसय जनासम्मले फारम भरेको लोकसेवा आयोगले जनाएको छ ।
विज्ञापन विवादीत बनेपछि लोकसेवा आयोगको फारम भर्नेको संख्यामा कमी आएपनि अहिले आयोगको सर्भरमा चाप देखिएको छ । तर, ठूलो संख्यामा लिकसेवाले विज्ञापन खुलाएपनि फारम भर्नेको संख्या भने कमै रहेको जनाइएको छ । यो पटक झण्डै तीन लाखले फारम भर्ने अनुमान गरिएको लोकसेवा आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जनाएका छन् ।
विगत तीन दिनदेखि आयोगको सर्भरमा समेत समस्या आउने गरेको छ । भने, आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो ।
मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।
उनका अनुसार अनुसार एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेका छन् । जसमध्ये महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












