गृहमन्त्री बादलको हातमा चुरोट भएको फोटो उपराष्ट्रपतिको वेबसाइटमा सार्वजनिक हुँदा साइट नै बन्द, वेब बैंकका संचालक यस्तो भन्छन्
काठमाडाैं । उपराष्ट्रपति कार्यालयको आधिकारीक वेबसाइट (भीपिएन डट जिओभी डट एनपी)को ब्याण्डविथ सकिएको भन्दै अहिले उक्त वेबसाइट खुल्न छाडेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुराना तस्बिरहरुको संग्रहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को हातमा चुरोटसहितको फोटो सार्वजनिक भएपछि एकाएक उक्त वेबसाइट भिजिटरको संख्या बढेपछि ब्याण्डविथ सकिएको हो ।
प्राविधिक रुपमा देखा पर्ने यस्ता समस्याका बारेमा समाधान र यसका कारणहरु के के हुन भनेर नेपालका रहेका आइटी कम्पनीहरुको छाता संगठन वान (WAN) का महासचिव तथा वेब बैक नेपाल प्रालीका संचालक द्रोण पराजुलीसँग गरिएको कुराकानीको सम्पादीत अंशः
१, उपराष्ट्रपति कार्यालयको आधिकारीक वेब साइट (भीपिएन डट जिओभी डट एनपी) अहिले ब्याण्डविथ सकिएको भनेर खुल्दैन यस्तो कुन अवस्थामा हुन्छ ?
ब्याण्डविथ सकिएको बनेर वेबसाइट नखुल्ने कुरा चाहीँ सर्भरमा एलोकेट गरिएको स्पेस र त्यसको इनपर्पसन्नली ब्याण्डविथ एलोकेट हुन्छ । अथवा कुनै आइटी कम्पनीले त्यसको लागि सर्भर एलोकेट गरेर राखिको हुन्छ तर, जिओभी डट एनपीमा भने अलि फरक अवस्था रहन्छ । जिआडिसी सिहंदरबारले यसलाई हेर्ने गर्छ । किनभने सरकारी आधिकारीक वेबसाइटहरु त्यहिबाट हरिन्छ । सरकारी वेबसाइटहरु सरकारी सर्भरबाटै होस्ट गर्नुपर्ने हुन्छ । प्रायः सरकारी सर्भर एलोकेट गरेर राखिएपनि यो व्यवस्थित नभएको देखिन्छ ।
२, के हो ब्याण्डविथ भनेको ?
ब्याण्डविथ भनेको सामान्यतया हामी साइटमा आउने हिट अर्थात ट्राफिकलाई मात्रै सम्झने गरेका छाैं । वास्तवमा यस्तो ठ्याक्कै होइन् । ब्याण्डविथ भनेको डाटा ट्रान्सफर हो जसमा विभिन्न कुराले यसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारिरहेका हुन्छन् । एउटा नेटवर्कबाट अर्को नेटवर्कमा डाटा ट्रान्सफर हुनुलाई ब्याण्डविथ भनिन्छ । जसका कारण स्पेस सकिन्छ । जस्तो, वेब साइट कसरी डिजाइन गरिएको छ । कुन कुन प्लगिनहरु प्रयोग गरिएको छ । इमेजहरु कस्ता प्रयोग गरिन्छन । थिम कस्तो प्रयोग गरिएको छ । कस्टुमाइस थिम हो या अरु कसैले बनाएको प्रयोग गरिएको छ । अपडेट कसरी भएको छ या छैन । आदी इत्यादी कुराले यसमा भुमिका खेलेको हुन्छ । ब्याण्डविथ भनेको ठ्याक्कै भन्नू पर्दा स्पेस हो । १ जिवि, २ जिबि भनेजस्तै आवश्यकता अनुसार साइटहरुका लागि ब्याण्डविथ छुट्याइएको हुन्छ । जसका कारण हामीले कुनै पनि साइट ब्राउज गर्दा खुल्छ भने यसैले स्पेस लिइरहेको हुन्छ । अर्थात जिवि सकिदै गएको हुन्छ ।
३, नेपालमा आइटी कम्पनीहरुले ठूला सफलता हासिल गरेका छाैं भन्दै गर्दा यसरी उपराष्ट्रपति जस्तो एक उच्च सरकारी कार्यालयको वेब साइट कै ब्याण्डविथ सकिनुलाई यहाँले के भन्नू हुन्छ ?
उपराष्ट्रपति कार्यालय कै वेबसाइट बन्द हुनु दुःखद कुरा हो । त्यसको डिजिटल मार्केटिङ गरेको अथवा अन्य कुनै विषेश क्याम्पिएन नै गरेर प्रचार गरिएको जस्तो पनि लाग्दैन् । यसर्थ यसमा धेरै भिजिटर भएकै कारण ब्याण्डविथ सकिएको हो त ? यो पेचिलो प्रश्न भयो । तर, यसलाई यत्तिकै भन्न भने सकिन्न किनभने यसमा अलिकति अध्ययन गरेर थप कुरा भन्न सकिने देख्छु म । दिनमा हजाराैं हिट हुने साइट बन्द हुनुलाई स्वभाविक मान्न सकिन्छ । तर, मलाई लाग्दैन यसरी उक्त साइटमा भिजिटर बढ्यो धेरै भनेर तर रिसर्च भने गर्न जरुरी छ ।
४, तपाई नेपालको आइटी कम्पनीको छाता संगठन वान (WAN) को महासचिव समेत भएकाले यस्ता खाले समस्या सरकारी वेब साइटमा समेत देखिनुलाई कसरी हेर्नुहुन्छ ?
आइटी कम्पनीले ग्राहकमाझ कन्बिन्सिङ प्रपोजल पेश गर्न नसक्नु र ग्राहकलाई यसबारे गम्भीरताका साथ कुरा अगाडी बढाएर लैजान नसक्नु समस्याको रुपमा देखा परेको छ । साइट डेभलभ गरेर मात्रै हुँदैन । यसलाई बेलाबेलामा मोनिटरिङ त गर्नै पर्छ । मोनिटरिङ गर्दा के केसरी अगाडी बढ्न सकिन्छ । के हुन यसका उत्तम विकल्प त्यो खोजी गरेर एउटा समझदारी बनाएर साच्चिकै सपोर्ट गर्दै अगाडी लैजान जरुरी छ ।
वेबसाइट अडिट पनि गर्न जरुरी छ । जसमा ब्याण्डविथ के कति छ ? मनिना भरको ब्याण्डविथ कति छ ? कति खर्च बएको छ । त्यो सबै हेरेर काम गर्दा यस्ता समस्याबाट अल्झिनु पर्दैन् ।
५, अन्त्यमा यस्ता खालका समस्या निराकरणमा के के गर्न सकियो भने एक्कासी आइपर्ने भवितब्यबाट वच्न सकिन्छ ?
हाम्रो देशमा आफ्नै सर्भर विश्वस्त हुने खालले छैनन् । हामीले थर्ड पार्टीबाट लिएका सर्भरहरुमा विभिन्न समस्याहरु आउन सक्छन् । यसर्थ हामीले हाम्रा ग्राहकलाई वेबसाइट अडिट सिस्टममा लैजान जरुरी छ । ब्याण्डविथ के हो कसरी यसले काम गर्छ, संभावित ट्राफिक कतिसम्म जान सक्छ ? आदी इत्ादी कुरामा ध्यान दिएर पूर्व तयारी गरेर काम गर्दा यस्ता समस्या निराकरण गर्न सजिलै सकिन्छ ।
अर्को कुरा आइटि कम्पनीले पनि ग्राहकलाई खाली ग्राहक मात्रै नलिइ यसबारे जानकारी दिन जरुरी छ । बेलाबेलामा विभिन्न जानकारीमुलक कार्यक्रमको आयोजना गर्ने देखि सर्भरको काम यसका उपयोगिता नेपालमा भएका प्रयोग र प्रयासहरुबारे बुझाउन सकियो र आइटि कम्पनीले गम्भिरताका साथ चेतना फैलाउन सकेर व्यवस्थित गरे यस्ता समस्याबाट वच्न सकिन्छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











