गृहमन्त्री बादलको हातमा चुरोट भएको फोटो उपराष्ट्रपतिको वेबसाइटमा सार्वजनिक हुँदा साइट नै बन्द, वेब बैंकका संचालक यस्तो भन्छन्
काठमाडाैं । उपराष्ट्रपति कार्यालयको आधिकारीक वेबसाइट (भीपिएन डट जिओभी डट एनपी)को ब्याण्डविथ सकिएको भन्दै अहिले उक्त वेबसाइट खुल्न छाडेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुराना तस्बिरहरुको संग्रहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को हातमा चुरोटसहितको फोटो सार्वजनिक भएपछि एकाएक उक्त वेबसाइट भिजिटरको संख्या बढेपछि ब्याण्डविथ सकिएको हो ।
प्राविधिक रुपमा देखा पर्ने यस्ता समस्याका बारेमा समाधान र यसका कारणहरु के के हुन भनेर नेपालका रहेका आइटी कम्पनीहरुको छाता संगठन वान (WAN) का महासचिव तथा वेब बैक नेपाल प्रालीका संचालक द्रोण पराजुलीसँग गरिएको कुराकानीको सम्पादीत अंशः
१, उपराष्ट्रपति कार्यालयको आधिकारीक वेब साइट (भीपिएन डट जिओभी डट एनपी) अहिले ब्याण्डविथ सकिएको भनेर खुल्दैन यस्तो कुन अवस्थामा हुन्छ ?
ब्याण्डविथ सकिएको बनेर वेबसाइट नखुल्ने कुरा चाहीँ सर्भरमा एलोकेट गरिएको स्पेस र त्यसको इनपर्पसन्नली ब्याण्डविथ एलोकेट हुन्छ । अथवा कुनै आइटी कम्पनीले त्यसको लागि सर्भर एलोकेट गरेर राखिको हुन्छ तर, जिओभी डट एनपीमा भने अलि फरक अवस्था रहन्छ । जिआडिसी सिहंदरबारले यसलाई हेर्ने गर्छ । किनभने सरकारी आधिकारीक वेबसाइटहरु त्यहिबाट हरिन्छ । सरकारी वेबसाइटहरु सरकारी सर्भरबाटै होस्ट गर्नुपर्ने हुन्छ । प्रायः सरकारी सर्भर एलोकेट गरेर राखिएपनि यो व्यवस्थित नभएको देखिन्छ ।
२, के हो ब्याण्डविथ भनेको ?
ब्याण्डविथ भनेको सामान्यतया हामी साइटमा आउने हिट अर्थात ट्राफिकलाई मात्रै सम्झने गरेका छाैं । वास्तवमा यस्तो ठ्याक्कै होइन् । ब्याण्डविथ भनेको डाटा ट्रान्सफर हो जसमा विभिन्न कुराले यसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारिरहेका हुन्छन् । एउटा नेटवर्कबाट अर्को नेटवर्कमा डाटा ट्रान्सफर हुनुलाई ब्याण्डविथ भनिन्छ । जसका कारण स्पेस सकिन्छ । जस्तो, वेब साइट कसरी डिजाइन गरिएको छ । कुन कुन प्लगिनहरु प्रयोग गरिएको छ । इमेजहरु कस्ता प्रयोग गरिन्छन । थिम कस्तो प्रयोग गरिएको छ । कस्टुमाइस थिम हो या अरु कसैले बनाएको प्रयोग गरिएको छ । अपडेट कसरी भएको छ या छैन । आदी इत्यादी कुराले यसमा भुमिका खेलेको हुन्छ । ब्याण्डविथ भनेको ठ्याक्कै भन्नू पर्दा स्पेस हो । १ जिवि, २ जिबि भनेजस्तै आवश्यकता अनुसार साइटहरुका लागि ब्याण्डविथ छुट्याइएको हुन्छ । जसका कारण हामीले कुनै पनि साइट ब्राउज गर्दा खुल्छ भने यसैले स्पेस लिइरहेको हुन्छ । अर्थात जिवि सकिदै गएको हुन्छ ।
३, नेपालमा आइटी कम्पनीहरुले ठूला सफलता हासिल गरेका छाैं भन्दै गर्दा यसरी उपराष्ट्रपति जस्तो एक उच्च सरकारी कार्यालयको वेब साइट कै ब्याण्डविथ सकिनुलाई यहाँले के भन्नू हुन्छ ?
उपराष्ट्रपति कार्यालय कै वेबसाइट बन्द हुनु दुःखद कुरा हो । त्यसको डिजिटल मार्केटिङ गरेको अथवा अन्य कुनै विषेश क्याम्पिएन नै गरेर प्रचार गरिएको जस्तो पनि लाग्दैन् । यसर्थ यसमा धेरै भिजिटर भएकै कारण ब्याण्डविथ सकिएको हो त ? यो पेचिलो प्रश्न भयो । तर, यसलाई यत्तिकै भन्न भने सकिन्न किनभने यसमा अलिकति अध्ययन गरेर थप कुरा भन्न सकिने देख्छु म । दिनमा हजाराैं हिट हुने साइट बन्द हुनुलाई स्वभाविक मान्न सकिन्छ । तर, मलाई लाग्दैन यसरी उक्त साइटमा भिजिटर बढ्यो धेरै भनेर तर रिसर्च भने गर्न जरुरी छ ।
४, तपाई नेपालको आइटी कम्पनीको छाता संगठन वान (WAN) को महासचिव समेत भएकाले यस्ता खाले समस्या सरकारी वेब साइटमा समेत देखिनुलाई कसरी हेर्नुहुन्छ ?
आइटी कम्पनीले ग्राहकमाझ कन्बिन्सिङ प्रपोजल पेश गर्न नसक्नु र ग्राहकलाई यसबारे गम्भीरताका साथ कुरा अगाडी बढाएर लैजान नसक्नु समस्याको रुपमा देखा परेको छ । साइट डेभलभ गरेर मात्रै हुँदैन । यसलाई बेलाबेलामा मोनिटरिङ त गर्नै पर्छ । मोनिटरिङ गर्दा के केसरी अगाडी बढ्न सकिन्छ । के हुन यसका उत्तम विकल्प त्यो खोजी गरेर एउटा समझदारी बनाएर साच्चिकै सपोर्ट गर्दै अगाडी लैजान जरुरी छ ।
वेबसाइट अडिट पनि गर्न जरुरी छ । जसमा ब्याण्डविथ के कति छ ? मनिना भरको ब्याण्डविथ कति छ ? कति खर्च बएको छ । त्यो सबै हेरेर काम गर्दा यस्ता समस्याबाट अल्झिनु पर्दैन् ।
५, अन्त्यमा यस्ता खालका समस्या निराकरणमा के के गर्न सकियो भने एक्कासी आइपर्ने भवितब्यबाट वच्न सकिन्छ ?
हाम्रो देशमा आफ्नै सर्भर विश्वस्त हुने खालले छैनन् । हामीले थर्ड पार्टीबाट लिएका सर्भरहरुमा विभिन्न समस्याहरु आउन सक्छन् । यसर्थ हामीले हाम्रा ग्राहकलाई वेबसाइट अडिट सिस्टममा लैजान जरुरी छ । ब्याण्डविथ के हो कसरी यसले काम गर्छ, संभावित ट्राफिक कतिसम्म जान सक्छ ? आदी इत्ादी कुरामा ध्यान दिएर पूर्व तयारी गरेर काम गर्दा यस्ता समस्या निराकरण गर्न सजिलै सकिन्छ ।
अर्को कुरा आइटि कम्पनीले पनि ग्राहकलाई खाली ग्राहक मात्रै नलिइ यसबारे जानकारी दिन जरुरी छ । बेलाबेलामा विभिन्न जानकारीमुलक कार्यक्रमको आयोजना गर्ने देखि सर्भरको काम यसका उपयोगिता नेपालमा भएका प्रयोग र प्रयासहरुबारे बुझाउन सकियो र आइटि कम्पनीले गम्भिरताका साथ चेतना फैलाउन सकेर व्यवस्थित गरे यस्ता समस्याबाट वच्न सकिन्छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












