पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु
सिरहा । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ।
जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ। यसैगरी सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको हो।
खाल्डोमा डुबेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडरमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











