४० मेगावाटको अप्पर चमेलिया निर्माणमा एनआइसी एसियाको अगुवाईमा लगानी जुटाइने
काठमाडाैं । अपी पावर कम्पनी लिमिटेडले दार्चुलामा निर्माण गर्ने ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा एनआइसी एसिया बैंकको अगुवाईमा लगानी जुटाइने भएको छ ।
लगानी जुटाउनेबारे हिजो (साउन २० गते) कम्पनी र बैंकबीच सहमति भएको छ । ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकले १ अर्ब ३० करोड लगानी गर्ने सहमति भएको छ ।
७० प्रतिशत (५ अर्ब १८ करोड) ऋण ३० प्रतिशत (२ अर्ब २२ करोड) स्वपुँजी लगानी हुने आयोजनामा बाँकी रकम जुटाउने जिम्मा एनआइसीले नै लिएको छ । छिट्टै वित्तीय स्रोतको टुंगो लगाएर मंसिरदेखि निर्माण सुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले बताए ।
‘अपी पावरले दार्चुलामा निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो, काम सुरु गरेको ३ वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘सुरुङ निर्माण गर्नु नपर्ने हुँदा हामी तोकिएको समयमै विद्युत उत्पादन गर्न सक्छौं भन्ने विश्वास छ ।’ २ सय ५ मिटर हेड (उचाई) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यास (डायमिटर) को करिब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












