‘नेपाली स्याट १’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो
काठमाडौं । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।
नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराएका हुन् । पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।
‘आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ’, उनले भने, ‘नेपालमा ‘ग्राउण्ड स्टेशन’ निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।’ नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ ।
अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिए । नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।
नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री सङ्कलन गर्नुपरेको ढकालले बताए । उनले भने, ‘नाष्टको कार्यालयभित्र ऐन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।’ नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर सङ्कलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागि पर्ने जानकारी गराएको छ ।
नेपाली स्याट–१ प्रशान्त महासागरमा
नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया काटेर अमेरिकाको प्रसान्त महासागरमा आज आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए । ‘सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ’, उनले भने, ‘दिउँसो १२ः५२ मा आएर १२ः५७ सम्म बस्यो, त्यसैगरी साँझ ७ः२५ मा आएर ७ः३० सम्म बसी पुनः राति ९ः०२ मा आएर ९ः०७ सम्म बस्ने भएको छ ।’ सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्ने छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ ।
हाल यो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । नेपालसँगै वैशाख ४ गते श्रीलङ्काले ‘रावण–१’ र जापानले ‘युवुसु’ नामक भूउपग्रह प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












