विवादित मिडिया काउन्सिल विधेयक सरकारद्वारा राष्ट्रियसभामा पेश
काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सुचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् ।
मिडिया काउन्सिल विधेयकका बारेमा विभिन्न टिकाटिप्पणी भएपछि सरकारले ढिला गरेर विधेयक आज पेश गरेको हो । विधेयकको विरोधमा पत्रकार महासंघ समेत विरोधमा उत्रिएको थियो ।
विधेयकको बारेका परशस्त छलफल गर्न सकिने भन्दै मन्त्री बाँस्कोटाले भने, ‘यसमा काफी छलफल गर्न सक्छौं । हाम्रा विभिन्न अरु प्रंक्रिया छन्, पत्रकार महासंघसँग पनि कुरा भएको छ । प्रतिपक्षी दलका नेतासँग पनि कुरा भएको छ । यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत नै गर्छौं ।’
कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गरेका थिए ।
तर सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












