मूल्य घटाउँदा पनि बिक्री भएन खाद्य संस्थानको चामल
मार्तडी । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् ।
बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए । उनले भने, “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।”
बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ । “बजारको मूल्यभन्दा रु पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्”, प्रमुख ओझाले भने ।
उहाँका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् । संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ ।
दशैँमा खाद्य अभाव नहुने
यस वर्षको दशँै र तिहारमा खाद्य अभाव नहुने भएको छ । गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए ।
सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए । विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उनको भनाइ छ ।
मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७०० र सोना मनसुली ७८१ क्विन्टल चामल रहेका छन् । तीमध्ये साउन महीनामा मात्र २०० क्विन्टल चामल बिक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा एक हजार १०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ ।
यसैगरी पूर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरी स्थापना गरिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६००, जिरा मसिनो दुई हजार ५०० र मोटो चामल एक हजार ५०० क्विन्टल रहेको छ ।
बिक्री केन्द्रमा चामल छैन
जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको बिक्री केन्द्रमा चामलको अभाव रहेको छ । केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरु रितो हात घर फर्कन बाध्य भएका छन् । दशैँ तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरुले चामल नपाएपछि बजारबाट चर्काे मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ ।
सो बिक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल बिक्री हुँदै आएको छ । चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भईसकेकाले दशँैअगावै चामल पु¥याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए । उनले बिक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेक्का प्रक्रियाको माध्यमले कोल्टीबाट चामल पु¥याएर बिक्री गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको दाबी छ ।
हिमाली गाउँपालिकाको बिच्छ्याबाट कोल्टी आउनजान चार दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । सोही अवस्थालाई मध्ये नजर गर्दै कवाडीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताए ।
तीन बिक्री केन्द्र माग
नेपाल खाद्य संस्थान बाजुराले तीन वटा स्थानीय तहका लागि खाद्यान्न बिक्री केन्द्र माग गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन् ।
जिल्लाको जगन्नाथ गाउँपालिकाको जुड्डी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमूल गाउँपालिकाको घटमुनाका लागि बिक्री केन्द्र राख्नुपर्ने माग नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयसंग गरेको भए पनि हालसम्म स्वीकृत भएर नआएको प्रमुख ओझाको भनाइ छ ।
भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउन माग गरेको बताइएको छ । माग गरिएका क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा आए स्थानीयवासीले महँगोमा चामल किन्ने समस्या हट्ने बताइएको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












