सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्ने
काठमाडाैं । नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् । नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी दिँदै कानूनले दिएको अधिकारअनुसार आपत्कालिक स्वास्थ्य सेवा, सर्पदंश सेवाको पहुँच विस्तार गरिने बताए । उनले नेपाल सरकारको सन् २०२० पर्यटन वर्ष, प्रदेश सरकारको ‘एक घर एक फलफूल’का बिरुवा कार्यक्रममा सेनाले समन्वय गरी कार्य गरिरहेको धारणा व्यक्त गरे।
महासेनानी ईश्वरकुमार श्रेष्ठले नागरिक समाजसँग प्रगाढ सम्बन्ध स्थापना गर्न तथा सेनामा भएका कमीकमजोरी, गुनासालाई सम्बोधन आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गर्ने बताउनुभयो । सूर्यदल गणका गणपति प्रमुख सेनानी रघु पौडेल यस क्षेत्रमा विपद् व्यवस्थापनका लगायत छात्रालाई आत्मरक्षाको तालीम प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
प्रदेश नं २ मा बारा र पर्सामा चैतमा आएको हावाहुरीमा स्थानीय जनतालाई सेनाबाट उद्धारमा गरिएको वित्तचित्र र मैथली भाषाको ‘अप्पन प्रस्तुत’ लघुचित्र प्रदर्शन गरिएको थियो । पृतनापति कार्कीले सेनासम्बन्धी रेडियो कार्यक्रम प्रसारण गरेकामा विराटनगरका कोशी र नागरिक एफएमलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सेनाले यसअघि प्रदेश नं २ का पाँच जिल्ला यस्ता कार्यक्रम गरिसकेको छ भने प्रदेश नं १ पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











