एभरेष्ट नाम राखेर चीनले बनायो बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक !
काठमाडाैं । चीनले बिएमडब्ल्यू जी ३१० जीएसको डुब्लिकेट बाइक निर्माण गरेको छ । चीनमा यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा सफल भएका बाइक तथा कारको क्लोन बनाउने गरेको पाइन्छ ।
केही समय अगाडि भारतीय बजारमा निर्माण भएको बिएमडब्ल्यू जी ३१० जीएस बाइकको हाल चीनमा क्लोन निर्माण भएको छ । यो बाइकको नाम एभरेष्ट राखिएको छ ।
बिएमडब्ल्यू जी ३१० जीएसकै समान लुक्समा यो बाइक निर्माण गरिएको छ । टुरर् एड्भेन्चर यो बाइकमा सबै खाले समान सामान प्रयोग गरिएको छ । कस्मेटीक बाहेक यी बाइकमा कुनै पनि फरक देखिदैन ।
उक्त बाइकको इन्जिन क्षमता भने फरक रहेको छ । एभरेष्ट ४०० एक्समा ३७८ सीसी टु सिलिन्डर, ८ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको चिनीयाँ कम्पनी जोङसेनले जनाएको छ । उक्त इन्जिनले ३६ पीएस पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको ट्रान्समिशन रहेको छ ।
बिएमडब्ल्यू जी ३१० जीएसमा भने ३१० सीसी सिगंल सिलिन्डर इन्जिन रहेको छ । जसले ३४ बीएच पावर तथा २८ एनएम टर्क जेनेरेट गर्छ ।
एभरेष्ट ४०० एक्सको फ्रन्टमा ४१ एमएमको यूएसडी फर्क दिइएको छ । रियर तथा फ्रन्टमा डिस्क ब्रेकसहित एबीएस उपलब्ध रहेको छ । यो बाइकमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प, यूएसबी चार्जर र्पोट जस्ता फिचर रहेको छ । चीनमा यसको मूल्य २९ हजार ८०० यूवान रहेको छ, उक्त रकम ४ लाख ७७ हजार नेपाली रुपैयाँ बराबर हो ।
Comments
अरु समाचार
-
भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा उद्धार कोषमा सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












