सरकारबाट बाहिरिदै उपेन्द्र यादव !
काठमाडाैं । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिने संकेत देखा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरेपछि उनी सरकारबाट बाहिरिने संकेत देखा परेको हो ।
संघीय समाजवादीबाट तीन जना मन्त्री बनेकामा एक राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरेसँगै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिएर नेकपाका नेता रामवीर मानन्धरलाई पठाएपछि समाजवादी पार्टी झस्किएको छ ।
पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत प्रधानमन्त्री ओलीमा स्वेच्छाचारीता र निरंकुशता देखिन थालेको टिप्पणी गरेका छन् । गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टी सरकारमा बसिरहने की छाड्ने भन्नेवारे दिल्लीबाट उपेन्द्र फर्केपछि निर्णय हुने जनाएका छन् । यद्यपी उनले सरकारको कदमप्रति आपत्ति जनाइसकेका छन् ।
प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई अपमानित गरेपछि सरकारबाट बाहिरिने तयारी सुरु भएको हो । उक्त पार्टीका महासचिव महेन्द्र राय यादवले सरकारमा बसिरहन नैतिक रुपमा दवाव सिर्जना भएको जनाउदै पार्टी सरकारबाट बाहिरिने जनाएका छन् ।
महासचिव यादवले उपेन्द्र यादव शुक्रबार दिल्लीबाट फर्किने र त्यसपछि ठोस निर्णय हुने जनाउदै उनी आउनुअगाडी नै पार्टी सरकारबाट बाहिरिन सक्ने संभावना समेत रहेको जानएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












