नेकपाका नेता वेदुराम भुसालले ६६ वर्षमा गरे ‘पीएचडी’
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेकपाका नेताले वेदुराम भुसालले भने जबजमै विद्यावारिधि गरेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जबजमा पीएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सयौं युवा विद्यार्थीहरुको बीचमा नेकपा नेता भुसाल पनि गाउन लगाएर दीक्षित बने ।
उनले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन् । नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना भएका थिए ।
पार्टीले जबजको सिद्धान्त नै छाडिसकेको अवस्थामा जवजमा पीएचडी गरेका भुसाल आफूले आफ्नो थेसिसको निष्कर्षमा केही तथ्य पेस गरेको दावी गर्छन् । नेकपाको पछिल्लो कार्यक्रम जनताको जनवादका अधिकांश अन्तरवस्तु जबजबाटै जस्ताको तस्तै लिइएको उनले प्रमाणसहित प्रस्तुत गरेका छन् ।
पीएचडी उपाधि लिएपछि भुसालले भने, ‘नाममा भन्दा पनि अन्तरवस्तुमा जानुपर्छ । मैले निष्कर्षमा जबजका कुन–कुन विषय जनताको जनवादमा राखिएका छन् भनेर प्रमाणसहित दिएको छु । माक्र्सवादको उदय, विकास र प्रयोगका सन्दर्भमा जबजको ऐतिहासिक महत्व छ र ती अहिले पनि सही छन् ।
भुसालले मार्क्सवादको उदय र विकास कसरी भयो र त्यसको प्रयोग कहाँ, कसरी गरियो भन्ने विषयमा लामो अध्ययन गरेका छन् । निर्धारित चार वर्षमै विद्यावारिधि सकेका भुसालका गाइड डा.सुरेन्द्र केसी थिए । उनले पेरिस कम्युनदेखि चीनको नयाँ जनवादी व्यवस्थासँग समेत जबजको तुलना गरेको बताए ।
मार्क्सवादका सही अन्तरवस्तुलाई जबजले आत्मसात गरेकाले अहिले पनि यो उपयुक्त रहेको उनले बताएका छन् । रूपमा जनताको जनवाद भनिए पनि सारपक्ष जबज नै भएको भुसालको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












