कोरोना भाइरस फैलिनै नदिन नेपालको यस्ताे तयारी
काठमाडाैँ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस नेपालमा फैलिनै नदिन सरकार सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।
शनिबार बिहान नेपालखबरसँग कुरा गर्दैै मन्त्रालयका प्रवक्ता मेहन्द्रप्रसाद श्रेष्ठले उक्त दाबी गरेका हुन्।
‘नेपालमा जम्मा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो, उनी पनि अहिले उपचारपछि पूर्ण रूपमा निको भइसकेका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘शंकास्पद ५/६ को परीक्षण गरिएकामा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको छ, अब हामी यो भाइरस छिर्नै नदिने गरी सक्रिय भएका छौं।’
उनका अनुसार अहिलेलाई काेही शंकास्पद बिरामी पनि छैनन्।
‘वास्तवमा हामी संसारभर फैलिएको यो भाइरस नियन्त्रणमा सुरुमै सक्रिय हुन सफल भएका छौं,’ नेपालखबरसँगको कुराकानीमा शनिबार बिहान प्रवक्ता श्रेष्ठले भने, ‘यसो भनौं न चोर पस्नेबित्तिकै समात्न हामी सफल भएका छौं।’
कोरोना भाइरस संक्रमणको फैलिँदो अवस्थाका कारण विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।
स्वास्थ्य मन्त्रायका प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपालले चीनबाट रोग भित्रिन सक्ने नाकाहरूमा नेपाल सरकारले पूरै कडाइ गरेको छ।
‘हामीले अहिले चीन आवतजावत गर्ने मुख्य नाकाहरू- रसुवागढी (रसुवा) र तातोपानी (सिन्धुपाल्चोक) नाकामा चेकजाँचलाई विशेष कडाइ गरेका छौं,’ उनले भने, ‘अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं)मा।’
उनका अनुसार तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरी कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ। यस्तै पर्यटन क्षेत्र पोखरा, चितवनलगायत स्थानमा पनि हेल्थ डेस्क स्थापना गरिएका छन्। ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको समेत व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार चीनमा रहेका नेपालीको अवस्था पनि ठीक छ। राजदूतावास र चार महावाणिज्य दूतावासमार्फत मन्त्रायलये सूचना लिइरहेको छ।
चीनका नेपाली विद्यार्थी फर्काउने तयारी
सरकारले नोवल कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने तयारी थालेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार त्यसका लागि चीन सरकारलाई नेपाल सरकारले पत्र पठाइएको छ।
तर तिनलाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था भएपछि मात्र चीनले फर्काउन अनुमति दिने भएकाले नेपाल सरकारले त्यसको तयारी पनि गरिरहेको छ।
फर्काइने विद्यार्थीलाई आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहान नजिकका सहरमा १७७ नेपाली विद्यार्थी छन्।
तिनलाई स्वदेश ल्याएपछि आइसोलेसनमा राख्न सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताललगायत स्थानबारे मूल्यांकन भइरहेको छ।
अमेरिका, जापान, अस्ट्रेलियाले आफ्ना विद्यार्थी फिर्ता लगिसकेका छन् भने भारतले पनि लाने तयारी गरिरहेको छ।
२४ देशमा फैलियो, २१३ को मृत्यु
अहिलेसम्म यो चीनसहित विश्वका २४ देशमा फैलिसकेको छ।
यसको संक्रमणबाट चीनमा २१३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस कस्तो हो?
नोबेल कोरोना मानवमा पहिलोपटक देखापरेको एक प्रकारको भाइरस हो। यसको संक्रमण भएपछि रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउँछ र बिरामीको मृत्यु पनि हुन सक्छ।
तर सुरुमै कुनै लक्षण नदेखिन पनि सक्ने चिकित्सकले बताएका छन्। यो भाइरस संक्रमण भएपछि लक्षण देखिन कम्तीमा १४/१५ दिन लाग्ने यसका अनुसन्धाकर्ताले बताएका छन्।
यसैकारण शंकास्पद बिरामीलाई कम्तीमा १५ दिन अस्पतालमा सुरक्षित राख्ने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार पहिचान नखुलेको कुनै पनि संक्रामक भाइरस वा महामारीलाई पहिचान गर्नुअगाडि नोबेल नाम दिइने भएकाले यो संक्रामक भाइरसको नाम नोबल कोरोना भाइरस नामकरण गरिएको हो।
कोरोना भाइरस गत डिसेम्बर अन्तिम सातामा चीनको उहानबाट फैलिएको हो।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












