यी हुन् मिर्गौला बिग्रिन सुरु गर्दा र बिग्रिसकेको अवस्थाका लक्षण
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एसोसिएट प्रोफेसर डा.अनिल बराल वीर अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।
जनक तिमिल्सिनाले मिर्गौला रोग विशेषज्ञ बरालसँग गरेको अन्तर्वार्ता आज शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ।
मिर्गौलाले कसरी काम गर्छ?
शरीरका पाँचवटा प्रमुख अंग कलेजो, फोक्सो, मुटु, दिमाग र मिर्गौला हुन्। यी सबै अंगले आपसमा मिलेर काम गर्छन्। मिर्गौलाले शरीरको आन्तरिक वातावरण ‘इन्टरनल होमियोस्टेसिस’ व्यालेन्समा राख्ने गर्छ। ताकि सही रुपमा मुटु, कलेजो, दिमाग जस्ता अंगले काम गरुन्।
सबै परिस्थितिमा जीवन चलिराख्न, शरीरलाई आवश्यक चिज लिन र नचाहिने चिज फाल्न वा शरीरको आन्तरिक व्यवस्था सुमधुर रुपमा चलाउने काम मिर्गौलाले गर्छ।
मिर्गौला बिग्रनुको कारण के हुन्?
मुटु, कलेजो बिग्रियो, फोक्सोमा निमोनियाँ भयो भने त्यसको असर मिर्गौलामा पनि देखिन्छ। बाथरोग, सुगर, उच्च रक्तचाप जस्ता कुराले पनि मिर्गौलामा असर गर्छ। पत्थरी, पाठेघरको क्यान्सर, ओभरीको क्यान्सर, पिसाब थैलीको क्यान्सर, प्रोस्टेटले पनि मिर्गौला बिग्रन्छ। सबैभन्दा धेरै मिर्गौला बिगार्ने भनेको चाहीँ मधुमेहले हो।
मिर्गौला बिग्रँदाका चरणहरु पनि हुन्छन्?
कसैलाई निमोनिया भयो, पिसाबमा समस्या भयो, झाडापखाला भयो, अरिंगालले टोक्यो, कहिलेकाहीँ मांसपेसीमै चोट पर्दा पनि मिर्गौला फेल हुन्छ। तर त्यसरी फेल भएको मिर्गौला उपचार गरेपछि पूर्णरुपमा निको हुन्छ।
मिर्गौला बिग्रँदाका लक्षणहरु के हुन्?
मिर्गौलाको डरलाग्दो पाटो सुरुमा यसका लक्षणहरु देखिँदैनन्। परीक्षण नगरीकन थाहा हुँदैन। लक्षण नै देखिँदा ज्यान सुन्निने, गोडा सुन्निने, पेटमा पानी भरिने, छात्तीसम्म पानी जाने, बिहान उठ्दाखेरी अनुहार सुन्निने, पिसाबमा फिँज जाने जस्ता लक्षण देखिन्छन्।
मिर्गौला फेल भयो भने खाना नरुच्ने, थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप नियन्त्रण नहुने, पिसाब कम हुने, छाला चिलाउने, बेहोस हुने, छात्ती दुख्नेजस्ता समस्या देखिन्छ।
मिर्गौला दान गर्ने मानिसको स्वास्थ्यमा केही फरकपन देखिन्छ?
सामान्य आयु बाँच्नको लागि एउटा मिर्गौला नै काफी छ। फेल हुँदा दुबै मिर्गौला फेल हुन्छन्। तसर्थ, स्वस्थ व्यक्तिले एउटा मिर्गौला दान दिए पनि पूर्ण रुपमा स्वस्थ नै हुन्छ। सामान्यता प्रत्यारोपण गरेको मिर्गौलाले १२ वर्षसम्म काम गर्छ। कतिपय मानिस ३०–४० वर्ष पनि प्रत्यारोपण गरेको मिर्गौलाले बाँचेका छन्।
अहिले नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था कस्तो छ?
देशभित्र १२–१५ सय प्रत्यारोपण भइसके। भक्तपुर, वीर, टिचिङ लगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ। सरकारले एउटा मिर्गौला प्रत्यारोपणमा ४–५ लाख सहयोग गर्छ।
अमेरिकामा एउटा मिर्गौला प्रत्यारोपण गर्दा ५० लाख खर्च हुन्छ। नेपालमा २ लाख रुपैयाँमै हुन्छ। विदेशीहरु नेपालमा डाइलासिस निःशुल्क हुन्छ भन्दा अचम्म मान्छन्। संसारको सबैभन्दा सस्तो मिर्गौला प्रत्यारोपण नेपालमै हुन्छ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











