‘लकडाउन’मा नेपाल : सीमानाका बन्द, अन्तर्राष्ट्रिय उडान र लामो दूरीका गाडी पनि ठप्प
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल ‘लकडाउन’ को अवस्थामा पुगेको छ ।
सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल ‘लकडाउन’को अवस्थामा पुगेको हो ।
आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको छ ।
भारतसँगका १ सय ६४ तथा चीनसँगका ६ वटा सीमानाकामा सुरक्षाकर्मी तैनाथी बढाइएको छ । उपभोग्य बस्तुको आयात नरोकिने बताइए पनि सामान्य अवस्थाको तुलनामा आयात नहुन सक्छ । छिमेकी मुलुक भारतले समेत अन्तरप्रदेश यातायात सेवा बन्दको घोषणा गरिसकेको छ ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै घोषणा गरेको लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।
प्रधानमन्त्रीको उक्त घोषणा कार्यान्वयनका लागि आवश्यक कदम चाल्न आइतबार बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत यात्रु ओसार्न नपाउने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाभित्र छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दूरीका सवारी भने रोक लगाइएको छ । उक्त निर्णय उल्लंघन भए कारबाही गरिने यातायात व्यवस्था विभागले चेतावनी दिएको छ ।
लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नपाउने भन्ने घोषणालाई मात्रै आधार मानेर २ सय ५० किमीसम्म यात्रा गर्न मिल्ने तर्कसहित गाडी कुदाउने तयारी भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले त्यस्ता गाडी जफत गर्ने सरकारले चेतावनी दिएको छ ।
शुक्रबारकै प्रधानमन्त्रीको घोषणा अनुसार अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । दैनिक हुँदै आएको ५० वटासम्म अन्तर्राष्ट्रिय उडान बन्द भइसकेको छ ।
आन्तरिक उडान भने जारी रहेको छ । संक्रमणको अवस्थालाई ध्यानमा राखेर आन्तरिक उडानलाई पनि नियमित गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने सरकारी तयारी छ ।
अतिआवश्यकीय बाहेकका सबै सरकारी, सार्वजनिक, सामुदायिक र निजी कार्यालय, स्कूल तथा कलेजहरु बन्द भइसकेका छन् । मानिसहरुलाई अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ ।
एक सातायता सरकारले गरेका यी निर्णयसँगै मुलुक अब ‘लकडाउन’को अवस्थामा पुगेको छ । यद्यपि सरकारी अधिकारीहरुले यसलाई लकडाउन नै भनेर घोषित नगरे पनि मुलुक ‘लकडाउन’को अवस्थामा प्रवेश गरेको नकार्न सक्ने अवस्था छैन, अवको समय अझ सतर्क रहौँ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











