आजदेखि देशैभर लामो दूरीका गाडी बन्द, अब कहिले खुल्छ?
काठमाडाैँ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न सरकारले आज (सोमबार)देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा यो जानकारी गराइसकेका छन्।
प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते (आज)देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।’
लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ।
आज बिहानैदेखि काठमाडौंका सडक सुनसान देखिन थालेका छन्। सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन्।
कोरोना संक्रमणको डरले काठमाडौंबाट धेरै मासिन आफ्ना गृहजिल्ला फर्किएकाले यात्रुसमेत घटेको छ। बजारमा चहलपहल कम भएको छ।
सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित देखिन्छ। सम्भवतः कोरोना महामारीको अवस्था हेरेर बन्द खुलाउने सरकारको तयारी हुन सक्छ।
तर यो महामारी कहिले साम्य हुन्छ भन्न सकिने स्थिति नरहेकाले यातायात कहिले खुल्छ अहिल्यै भन्न गाह्रो छ।
अन्तर्राष्ट्रिय उडान त हिजै(आइतबार)देखि बन्द गरिएकाे छ। तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुनेछ सरकारले जनाएकाे छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












