चीनबाट कोरोना परीक्षण ल्याब भएका एम्बुलेन्ससहित ३० टन सामान आउँदै
काठमाडाैँ । कोरोना संक्रमणको उपचारका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरुको चिनियाँ पक्षले संकलन सुरु गरेको छ।
चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भएको हो।
गतहप्ता नेपालले चीन र भारत दुवैतर्फबाट कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची बुझाएको थियो।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने करिब ३० टन सामग्री ल्याउने गरी तयारी भइरहेको बताए।
‘हामीले चाँडोभन्दा चाँडो सामग्री ल्याउने गरी तयारी गरिरहेका छौं। तर चीनका विभिन्न सहरबाट संकलन गर्ने काम भइरहेको छ,’ ती अधिकारीले भने, ‘नेपाली विमान पठाउने कि चिनियाँ विमानबाटै ल्याउने भन्ने टुङ्गो लागिसकेको छैन। स्वास्थ्यमन्त्रालयले यस विषयलाई गम्भीर रुपमा लिएर ताकेता गरिरहेको छ।’
चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन गर्ने काम गरिरहेको बताए।
‘चिनियाँ पक्षले विभिन्न सहरमा संकलन गर्ने काम गर्दैछ। ती सामग्री आपूर्तिका लागि चीन सरकारको स्वीकृति आवश्यक पर्छ,’ लम्सालले नेपालखबरसँग भने, ‘कसरी र कहिले नेपाल ल्याउने भन्ने तय भइसकेको छैन।’
नेपालले चीनसँग तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन९५ मास्क डेढ लाख थान आवश्यक रहेको जनाएको छ।
त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत गरेको छ।
भारतबाट समेत सामग्री ल्याउने प्रस्ताव पठाइए पनि दक्षिणी मुलुक आफैँ कोरोना महामारीसँग संघर्ष गरिरहेका कारण चीनबाट चाँडो सामग्री ल्याउन जोड गरिएको छ।
नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूतले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी छिन्।
राजदूत होउ यान्छीले ट्विटरमार्फत चिकित्सा सामग्री चाँडै नेपाल ल्याउने बताएकी हुन्। ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं,’ उनले लेखेकी छन्।
आफ्नो देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिन सफल भएको चीन अहिले युरोप र एसियाका देशहरूमा यो प्रकोप नियन्त्रण गर्न सहयोग गरिरहेको छ। इटली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












