चीनबाट कोरोना परीक्षण ल्याब भएका एम्बुलेन्ससहित ३० टन सामान आउँदै
काठमाडाैँ । कोरोना संक्रमणको उपचारका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरुको चिनियाँ पक्षले संकलन सुरु गरेको छ।
चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भएको हो।
गतहप्ता नेपालले चीन र भारत दुवैतर्फबाट कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची बुझाएको थियो।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने करिब ३० टन सामग्री ल्याउने गरी तयारी भइरहेको बताए।
‘हामीले चाँडोभन्दा चाँडो सामग्री ल्याउने गरी तयारी गरिरहेका छौं। तर चीनका विभिन्न सहरबाट संकलन गर्ने काम भइरहेको छ,’ ती अधिकारीले भने, ‘नेपाली विमान पठाउने कि चिनियाँ विमानबाटै ल्याउने भन्ने टुङ्गो लागिसकेको छैन। स्वास्थ्यमन्त्रालयले यस विषयलाई गम्भीर रुपमा लिएर ताकेता गरिरहेको छ।’
चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन गर्ने काम गरिरहेको बताए।
‘चिनियाँ पक्षले विभिन्न सहरमा संकलन गर्ने काम गर्दैछ। ती सामग्री आपूर्तिका लागि चीन सरकारको स्वीकृति आवश्यक पर्छ,’ लम्सालले नेपालखबरसँग भने, ‘कसरी र कहिले नेपाल ल्याउने भन्ने तय भइसकेको छैन।’
नेपालले चीनसँग तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन९५ मास्क डेढ लाख थान आवश्यक रहेको जनाएको छ।
त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत गरेको छ।
भारतबाट समेत सामग्री ल्याउने प्रस्ताव पठाइए पनि दक्षिणी मुलुक आफैँ कोरोना महामारीसँग संघर्ष गरिरहेका कारण चीनबाट चाँडो सामग्री ल्याउन जोड गरिएको छ।
नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूतले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी छिन्।
राजदूत होउ यान्छीले ट्विटरमार्फत चिकित्सा सामग्री चाँडै नेपाल ल्याउने बताएकी हुन्। ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं,’ उनले लेखेकी छन्।
आफ्नो देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिन सफल भएको चीन अहिले युरोप र एसियाका देशहरूमा यो प्रकोप नियन्त्रण गर्न सहयोग गरिरहेको छ। इटली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।
Comments
अरु समाचार
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौँ, असार १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे...
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
कक्षा १२ को नतिजाप्रति विद्यार्थी असन्तुष्ट, माइतीघरमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।...
-
भेनेजुएलामा ७.५ म्याग्निच्युड सम्मका दुई शक्तिशाली भूकम्प
काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
प्रधानमन्त्री पत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् ।...











