कोरोना संक्रमितको उपचार गर्न पाटन अस्पतालमा २० आईसीयू
काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल) पठाउने भएको छ ।
पाटन अस्पतालले कोरोनाका बिरामीहरू उपचार गर्न २० बेडको आईसीयू र ६ आइसोलेसन बेड तयारी गरेको जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले कोरोना संक्रमण भएका बिरामीका लागि २० आईसीयू र ६ आइसोलेसन तयार गरिरएको बताए । “अहिलेसम्म पाटन अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी छैन, संक्रमितलाई एक स्थानमा भर्ना गरिएर राखिएकामा अर्को स्थानमा सार्दा सर्ने जोखिम बढी हुन्छ । टेकु अस्पतालमा बिरामी राख्न नसकेको अवस्थामा यहाँ ल्याउने हो,” उनले भने, “अहिले अस्पतालको आइसोलेसन ३ जना कोरोनाको आशंका गरेका बिरामी छन् । उनीहरूको परीक्षण रिपोर्ट भोलि आउँछ ।” शुक्रराज अस्पतालमा शंकास्पद बिरामी भरिएपछि मात्र पाटन अस्पतालमा पठाउने गरिएको समेत निर्देशक डा. शर्माले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबारको पत्रकार सम्मेलनमा कोरोनाको संक्रमण पुष्टि भएका बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गर्ने तयारी रहेको बताएका थिए ।
निर्णयपछि अस्पतालले शय्या छुट्याएको बताएका थिए । उनले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको पुष्टि हुने समयसम्म मात्र टेकु अस्पताललाई माध्यमका रूपमा प्रयोग गर्नेसमेत बताएका थिए ।
हाल शुक्रराज अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि तीन शय्याको आईसीयू र पाँच आइसोलेसन वार्ड सञ्चालनमा छन् । १७ आईसीयू थप्ने तयारी रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । सरकारले काठमाडौं उपत्यकामा एक सय २० शय्याको आईसीयू बेड र विभिन्न प्रदेशमा १ सय २५ शय्या आईसीयू थप्ने जनाएको थियो ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











