कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न
काठमाडौं । लकडाउनको समयमा कालोबजारी रोक्न ‘डेलीभरी भ्यान’ बाट टोल टोलमा खाद्यान्न पुर्याउने भएको छ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले लकडाउनका समयमा घरमा बस्न बाध्य नागरिकका लागि ‘डेलीभरी भ्यान’बाट टोलटोलमा खाद्यान्न पुर्याउन स्टोरहरुलाई निर्देशन दिने निर्णय गरेको हो। मन्त्रालयले कालोबजारी भएको पाइएमा गृहमन्त्रालयको टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न पनि अपिल गरेको छ।
बैठकको निर्णयानुसार काठमाडौं उपत्यकामा अत्यावश्यक खाद्य वस्तु अभाव हुन नदिन स्टोर र विक्रेताहरुलाई परिचालन गरिने भएको हो। ‘काठमाडौं उपत्यकामा खाद्यान्न अभाव हुन नदिन सबै स्टोर र विक्रेताहरुले आ-आफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ, ‘आवश्यक पर्ने डेलिभरी भ्यानहरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।’ त्यसका लागि पसल संचालन, माग संकलन र वितरण कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मिलाउने गरी जिम्मेवारी दिइएको छ।
उपभोक्ताको माग संकलन र वितरण कार्यलाई सहज र व्यवस्थित गर्न सबै स्टोर र विक्रेताहरुले आ-आफ्नो टोल फ्री नमब्र वा अन्य नम्बर उपलब्ध गराई प्रचार गर्नपर्ने भएको छ। गृहले फोन, अनलाइन, अफलाइनमार्फत माग संकलन गरी आवश्यक दैनिक उपभोग्य वस्तुहरुको ठूलो प्याकसमेत विक्री गर्न निर्देशन दिएको छ। काठमाडौं उपत्यका बाहिरका अत्यावश्यक वस्तुका स्टोर र विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापन सहज बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने गरी गृहले निर्णय लिएको छ
। ‘यस जटिल घडीमा कुनै समस्या परेमा समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुनेछ’, गृहसचिव न्यौपानेले भने, ‘अवैधरुपमा सामान जम्मा गर्ने जस्ता गतिविधि गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा २४ सै घण्टा उठ्ने टोल फ्री नम्बर ११४९ मा निशुल्क फोन गर्न सक्नुहुनेछ।’
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











