काठमाडौंका दुई अस्पतालमा ३ जनाको मृत्यु, कोरोना परीक्षण हुँदै
काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले सोमबार पाटन र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना संकलन गरी परीक्षणको काम भइरहेको जनाएको छ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षण रिपोर्ट आएपछि जानकारी दिने बताएका हुन्।
उनका अनुसार मृतक तीनमध्ये १ जना भारतीय नागरिक रहेका छन्। पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै वीर अस्पतालमा भने एक जना नेपाली र अर्का एक जना कालीमाटी बस्दै आएका भारतीय नागरिकको मृत्यु भएको हो। वीरमा निधन भएका एक जना ब्लडप्रेसर र डायभिटिजका बिरामी रहेको मन्त्रालयको भनाइ छ।
प्रदेशमा ९३ जनालाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये १७ जनाको नमूना संकलन भएको छ। आजै बुटवलमा मृत्यु भएका ३४ वर्षीय पुरुषको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो।
यसैबीच, सरकारले नमूना परीक्षणको दायरा फराकिलो पारेको जनाएको छ। स्वास्थ्य सामग्रीहरुमध्ये प्रदेशमा वितरण समेत सुरु भएको मन्त्रालयले जनाएको छ।
आजै सुर्खेत र विराटनगरमा विमानबाट मास्क र पीपीईलगायत पठाइएको छ भने धरानमा नमूना परीक्षण सुरु भइसकेको जनाएको छ। आज धरानमा ६ वटा परीक्षण भइरहेको पनि मन्त्रालयको भनाइ छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












