स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी
स्वास्थ्य सामाग्रि खरिदमा गरेर आर्थिक अनियमितता गरेको दावीसहित अख्तियारमा उजुरी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।
पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको बताएका छन् ।
उनको उजुरीमा तीन महिना अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको खुलाएको टेन्डर रद्द गरेको, कोरोनाको त्रासमा देश फसेको बेला मेडिकल सामान खरिद गर्न आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, मेडिकल सामग्री खरिदको अनुभव नै नभएका कम्पनीलाई ३ घण्टामै सेटिङ मिलाएको विषय उल्लेख गरिएको छ ।
यस्तै बाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र्यापिङ टेस्टिङ किट सात करोड भन्दा माथिको लागतमा किनेको समेत दावी गरिएको छ ।
उजुरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अख्तियारको छानबिनलाई प्रभावित पर्नेगरी स्वास्थ्यमन्त्रीको बजाउमा अभिव्यक्ति दिएको उल्लेख छ ।
अख्तियार प्रवक्ता प्रदीप कोइरालाले अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्वीटर र आयोगको वेबसाइटमार्फत उजुरी दिन सक्ने व्यवस्था रहेको भन्दै यस विषयमा पनि त्यसैगरी उजुरी परेको हुनसक्ने बताए । प्राप्त उजुरीलाई आयोगले अध्ययन गर्ने र त्यसपछि छानबिन प्रक्रिया अघि बढाउने गरेको उनले बताए ।
आयोगमा चैत महिनामा मात्रै विभिन्न माध्यमबाट २८१ वटा उजुरी प्राप्त भइसकेको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












