कतार एयरवेजको एकै उडानमा आएका तीन युवतीमा कोरोना संक्रमण
काठमाडौं । कतार एयरवेजको जहाजमा दोहा हुँदै गत चैत ४ गते काठमाडौं आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
कतारको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं उत्रिएका तीनजना यात्रुमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार यो कुराको पुष्टि गरेका हुन्।
‘कतार एयरवेजको क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं आएका अर्का यात्रुमा कोरोना पोजेटिभ देखिएको छ’, उनले भने, ‘योसँगै उक्त उडानबाट आएका तीन यात्रु कोरोना संक्रमित पाइएको छ। नेपालमा कोरोनाका छैटौं संक्रमित भेटिए क्युआर ६५२ उडान नम्बरबाट काठमाडौं उत्रिएकामध्ये सबैभन्दा पहिले फ्रान्सबाट आएकी १९ वर्षीया यात्रुमा कोरोना देखिएको थियो। काठमाडौं निवासी उनमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।
त्यसपछि उक्त उडानबाट आएका १५८ यात्रुको खोजी गर्ने क्रममा कोरोना पत्ता लागेको हो। काठमाडौंकी ती युवतीसँगै बेल्जियमबाट कतार हुँदै आएकी बागलुङकी ती २२ वर्षीया युवतीको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनलाई गत शनिबार राति नै अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट ‘आइसोलेशन वार्ड’मा ल्याइएको छ।
अस्पतालको ‘आइसोलेशन वार्ड’मा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। तर अवस्था सामान्य छ। यसअघि उनीसँगै बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो।
उनी बागलुङ नगरपालिका-४ की बासिन्दा हुन्। कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी एक रात काठमाडौं बसेर पोखरा हुँदै बागलुङ गएकी थिइन्। तेस्रो पनि बागलुङकै कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएकी तेस्रो यात्रुमा पनि बिहीबार कोरोना पुष्टि भएको छ।
बागलुङकै २२ वर्षीया र काठमाडौंकी १९ वर्षीया युवतीसँगै उनी पनि कतारकै त्यही उडानबाट काठमाडौं आएकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती पनि फ्रान्सबाटै आएकी थिइन्। फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोना पुष्टि भएपछि सबै यात्रुको खोजी गर्ने क्रममा बागलुङकी यी युवतीलाई पनि प्रहरीले पत्ता लगाएको थियो। उनमा पनि कोरोनाको लक्षण देखिएपछि थ्रोट स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। जहाँ पहिलो परीक्षणमा ती युवतीमा पनि कोरोना पुष्टि भएको हो।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











