कोरोनापीडित किसानको राहत प्याकेज मन्त्रिपरिषद्मा पेश
काठमाडौं । कोरोनाका कारण पीडित बनेका कृषकलाई पहिलो चरणमा दिइने राहतको प्रस्ताव कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार राहत प्याकेजको स्रोत व्यवस्थापनमा सहमति जुटे साना र ठूला कृषकका लागि सोमबार पहिलो चरणको राहत सरकारले घोषणा गर्नेछ ।
कृषि मन्त्रालयले तीन प्रकारको क्षेत्रगत राहत प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । जसअनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गरेका साना किसान, सानो क्षेत्रमा कृषिजन्य उत्पादनमा सहभागी न्यून आय भएका कृषक र कुखुरा पालन व्यवसायमा रहेका कृषकहरुले पहिलो चरणमा राहत पाउनेछन् ।
मन्त्रालयले प्रस्ताव गरेको राहत प्याकेज अनुसार गाईपालन गरेर दुग्ध व्यवसाय गर्ने साना किसानले स्थानीय सहकारी डेरीको सिफारिसमा एक महिनासम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिन भनिएको छ ।
त्यस्तै, एक पटकमा पाँच सय संख्याभन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रतिकुखुरा ६० रुपैयाँ र सोही संख्यामा लेयर्स कुखुरा पालक कृषकलाई प्रतिकुखुरा एक सय २० रुपैयाँ अनुदान दिन प्रस्ताव गरिएको छ ।
थोरै जमिनमा तरकारी, फलफूल एवं कृषि पेशा गर्ने किसानका लागि उनीहरुको उत्पादनको लागत मूल्याङ्कन गरेर नगद अनुदान दिनुपर्ने मन्त्रालयको सिफरिसमा भनिएको छ ।
ठूला कुखुरापालक तथा कृषकहरुलाई भने ऋणको सीमा बढाइने, ब्याजदरमा अनुदान दिने जस्ता विषय समेटेर राहत सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयले परिचालन गरेको संयन्त्रको सिफारिसका आधारमा प्रथम चरण राहतको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
राहत अनुदानको आकार निकै ठूलो भएकाले यसमा केही संशोधन हुनसक्ने मन्त्रालय स्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











