सरकार असफल बनाउन भ्रष्टाचारको बेमौसी बाजा बजाएः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संकटका बेलामा सरकारलाई असफल बनाउन भ्रष्टाचारको गलत आरोप लगाइएको बताएका छन्।
मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्। ‘भ्रष्टाचार र अनियमिताको आरोप सरकारलाई असफल देखाउन र आफ्नो निहीत स्वार्थ पूरा गर्न गरिने प्रयास बेमौसमी बाजा मात्रै हो’, उनले भने, ‘कामै गर्न नदिने गरी निराधारा आरोप लगाउनु हुँदैन। मिडिया र सामाजिक सञ्जालमा आउने टिप्पणीमा मेरो ध्यान गएको छ।’ उनले भ्रष्टाचार भएको देखिए सरकार निर्मम बनेर कारवाहीका लागि तयार रहेको उनले सुनाए ।
‘भ्रष्टाचारजन्य कुरा देखिएमा सरकार निर्ममतापूर्वक कारवाही गर्न तयार छ’, उनले भने, ‘सरकारका काम विवादमा आउनु हुँदैन। सुशानका मानकमा प्रश्न उठनु हुँदैन। तर सरकारलाई असफल बनाउने नाममा नभएका कुरा कसैले उछाल्नु गलत हो।’ प्रधानमन्त्री ओलीले अहिले खेलेको भूमिकालाई इतिहासले मूल्यांकन गर्ने जिकिर गरे। ‘हामीले के भूमिका खेलेका थियौँ भन्ने इतिहासले मूल्यांकन गर्ने छ’, उनले भने, ‘अरु छलफल र कामहरु त स्थिति सामान्य भएपछि गरौँला। अहिलेलाई सबैजना यो महामारीविरुद्ध होमिनु जरुरी छ।’
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











