नेकपा सचिवालय बैठक : चार घण्टासम्म सरकारका कामको समीक्षा
काठमाडौं । चार घण्टा लामो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सरकार र कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण, रोकथाम तथा समन्वयन उच्चस्तरीय समितिको कारमकारबाही बारे छलफलमै टुंगिएको छ।
मंगलबार दिउँसो साढे ४ बजे सुरु भएको बैठक राति साढे आठ बजेसम्म चलेको थियो। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले कोरोना नियन्त्रणमा भइरहेका प्रयास र उपलब्धिबारे जानकारी गराएका थिए।
त्यसैगरी कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरेका कामबारे जानकारी गराए।
त्यसपछि बैठकमा सहभागी सचिवालय सदस्यले धारणा राखेका थिए। सचिवालय सदस्यले बैठकमा प्रस्तुत भएका सुझावलाई अझ बढी प्रभावाकारी ढंगले कार्यान्वयन गर्न माग गरेका छन्।
सुझाव कार्यान्वयन हुने कुरामा आश्वस्त हुन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आश्वस्त पार्नु भएर बैठक सम्पन्न भयो’, बैठकपछि जारी विज्ञप्तिमा श्रेष्ठले भनेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठककको अध्यक्षता अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
प्रेस विज्ञप्ति जस्ताको तस्तै
नेपाल कम्युनिष्ट पार्टी९नेकपा ० केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालूप्रचण्डूको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड( १९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो। बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभयो।
बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो। उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











