एकैदिन बारा र पर्साका ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
काठमाडाैँ । प्रदेश २ मा एकै दिन चारजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।
बाराका २ र पर्साका २ गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए।
उनीहरु ३१, ४३, ४६ र ५० वर्ष उमेरका पुरुष रहेको सचिव घिमिरेले जानकारी दिए।
उनीहको स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो। बुधबार नै उनीहरुको रिपोर्ट आएको र चारै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको उनले बताए।
चारैजना स्थानीय क्वारेन्टिनमा रहेको कोरोना पुष्टि हुने बितिकै उनीहरुलाई उपचारको लागि नारायण उपक्षेत्रीय अस्पताल वीरगन्ज ललैजाने तयारी भइरहेको सचिव घिमिरेले नेपालखबरलाई जानकारी दिए।
यसअघि मंगलबार मात्र प्रदेश २ को रौतहटमा २ जना कोरोना संक्रमित फेला परेका थिए। यससँन्गै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ र नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।
जसमध्ये प्रदेश २ का ४ जना उपचारपश्चित घर पर्किसकेका छन् भने नेपालभर गरी १६ जना डिस्चार्ज भइसकेका छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












