महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणको जाहेरी दर्ता
काठमाडौं । नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको छ ।
समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा दर्ता भएको हो ।
यसअघि यादवसहित समाजवादी जनता पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन । तर, सोमबार अपहरको जाहेरी दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
यसअघि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।
लकडाउनको समयमा महोत्तरीस्थित निवासमै आएर उनीहरुले आफूलाई काठमाडौं ल्याएको यादवको आरोप छ । तर, बस्नेत र खनालले आफूहरुले अपहरण गरेको नभई यादव राजीखुसी आएको बताएका छन् । होटल म्यारियटमा आफूलाई राखिएको र त्यहाँबाट भाग्न सफल भएको बताएका यादवले पार्टी फुटाउने प्रयोजनका लागि आफुलाई दबाब दिइएको र अपहरण गरेको जिकिर गर्दै आएका छन् । गत वैशाख १० गते यादवलाई काठमाडौं ल्याइएको थियो ।
यसैबीच सोमबारै अपहरणको आरोप लागेका सांसद बस्नेत र श्रेष्ठ र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
उनीहरुले जनता समाजवादी पार्टीका सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।
आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा खनालले अपहरण गरेको भन्दै आफ्नो मानवअधिकार रक्षा गरिदिन माग गर्दै यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












