कोरोना संक्रमित अस्पतालबाट भागे प्रहरीले गोली चलाउन सक्ने
काठमाडौं । कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा पक्रनका लागि सुरक्षाकर्मीले गोली हान्ने अधिकार पाएका छन्।
केही दिनअघि पर्सास्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेपछि प्रशासनले यस्तो कडा निर्णय गरेको हो। पर्सास्थित संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोना संक्रमितहरु अस्पतालबाट भागेमा गोली हान्ने अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतका अनुसार संक्रमित भागेमा नियन्त्रणमा लिन आवश्यकता अनुसार बोल प्रयोग गर्ने तथा गोलीसमेत चलाउन पाउने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ। गत बधुबार दुईजना कोरोना संक्रमित शौचालय जाने बहानामा अस्पतालबाट भागेका थिए। वीरगञ्ज निवासी दुवै संक्रमित भागेर घर पुगेका थिए।
घरमा आफन्तले पनि गाली गरेपछि निषेधाज्ञा जारी गरेको अवस्थामा उनीहरुलाई सडकमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएर पुन: अस्पतालमै ल्याएको थियो। पर्साको नारायणी अस्पतालमा हाल ७१ जना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ नअटेका १९ जनालाई सिद्धार्थ स्कुलको क्वारेन्टाइनलाई सेमी आइसोलेसन वार्ड बनाएर राखिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












