पाँच लाख जनाको परीक्षण गरिने, थप किट किन्दै सरकार
काठमाडौं । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण बढाउने भएको छ।
केही समय अघिसम्म नेपालमा भाइरसको प्रभाव खासै धेरै देखिँदैन नियन्त्रण गर्न सकिन्छ भनेर बसेको स्वास्थ्य मन्त्रालय अब भने परीक्षणको दयरा झनै फरकालियो बनाउनेतर्फ लागेको हो।
मन्त्रालयले असारसम्ममा देशभर पाँच लाखभन्दा बढीको कोरोना परीक्षण गर्ने बताएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले समेत अब अवस्था भयावह हुन थालेको र अब परीक्षण झनै बढाउन पर्ने भन्दै यो महिनाभित्र पाँच लाखभन्दा बढीको आरडिटी र पिसिआर परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइसकेका छन्।
मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पछिल्लो समय संक्रमितको संख्या बढ्दै जान थालेको छ जसले गर्दा कन्ट्याक ट्रेसिङ बढाउनुका साथै अन्य परीक्षण पनि बढाउनुपर्ने निष्कर्षसहित पाँच लाखभन्दा बढीको पिसिआर र आरडिटी परीक्षण गर्नुपर्नेमा मन्त्रालय पुगेको छ।‘ पछिल्लो समय कोरोना भाइरसको बिरामी बढ्दै गएका छन्।
पछिल्लो तथ्यांकअनुसार नेपालमा संक्रमित हुनेको संख्या ३०४ पुगिसकेको छ।
हालसम्म ९० हजार बढीको परीक्षण
यसअघि स्वास्थ्य मन्त्रालयका विज्ञहरूले करिब दुई लाखको परीक्षण गर्दा नेपालमा कोरोना नियन्त्रण आउने बताउँदै आएका थिए। तर पछिल्लो समय भारतबाट लुकिछिपी आउनेहरूमा भाइरस धेरै देखिन थालेपछि परीक्षण झनै बढाउनु पर्ने निष्कर्षमा स्वास्थ्य मन्त्रालय पुगेको हो। अहिलेसम्म नेपालमा पिसिआर र आरडिटी गरेर ९० हजारबढी परीक्षण भएको छ।
एक लाख किट किन्ने तयारी
पाँच लाखको परिक्षण गर्ने लक्ष्य लिएको मन्त्रालयले त्यसको लागि प्रयोगशालामा आवश्यक पर्ने पिसिआर रिएजेन्ट पुन: किन्नेसमेत बताएको छ। त्यसको लागि एक लाख किट किन्न प्रक्रिया मन्त्रालयले सुरु गरेको बताइएको छ। यसअघि, स्वजरल्यान्डले दिएको ३० हजार पिसिआर रिएजेन्ट हिजो मात्रै भारतले दिएको ३० हजार पिसिआर रिजेन्ट रकेही दिन अघि चीनले समेत ४० हजार थान पिसिआर रिजेन्ट दिएको थियो।
तर चीन सरकारको अनुदानमा आएको ४० हजार थान पिसिआर किटमा आर एन एक्सट्रयाक्सन नभएपछि प्रयोगमा हालसम्म प्रयोगमा नआएको बताइन्छ। यता, अब यसअघि सेनाले ल्याउने सामानमा पनि भाइरस पत्ता लगाउन प्रयोगशालामा प्रयोग गरिएन पिसिआर रिएजेन्ट किट ल्याउने भएकाले मन्त्रालयले यो महिनाभित्र पाँच लाखभन्दा बढीको नमुना परीक्षण गर्न सक्ने बताएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












