बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना, आमा पनि संक्रमित
डडेल्धुरा । जिल्ला अस्पाताल बाजुराको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ।
अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयल डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे।
पुष्टि भएसँग सुदूरपश्चिममा कोरोना भाइरसबाट यो पहिलो मृत्यु हो। मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ। मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। जेठ १६ गते तीनै जनाको स्वाब धनगढी पठाइएको थियो। जिल्ला अस्पतालका डाक्टर रूपचन्द्र विश्वकर्माका अनुसार मृतक बालिकामा झाडापखला, उच्च ज्वरो, श्वासप्रश्वासम्बन्धी समस्या देखिएको थियो। क्वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। आइतबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
डाक्टर विश्वकर्माका अनुसार ती बालिकालाई जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। चार दिनसम्म स्रोतसाधनले भ्याएसम्म उपचार गरे पनि बालिकालाई बचाउन नसकिएको उनले बताए। डाक्टर विश्वकर्माका अनुसार उनलाई इन्ट्रोभेसन (आइभी) एन्टिबायोटिक औषधि र अक्सिजन दिई उपचार गरिएको थियो। आठ दिनअघि भारतबाट फर्किएकी ती बालिकालाई बूढीगंगा नगरपालिका– १ को एक स्थानीय क्वारेन्टाइनमा राखिएको थियो।
अघिल्लो सामाचारमा डडेल्धराका ६ बर्षिय बालक भनिएको मा बाजुराका बालिका हुन।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












