२८८ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या दुई हजार ९९
काठमाडौं । नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।
हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।
पछिल्लो समयमा कोरोना भाइरस जित्नेको संख्या ४५ जना रहेको छ । देशभरका विभिन्न जिल्लाबाट २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।
हालसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।
हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











