सीमा विवादबारे भारत र चीनबीच आज वार्ता, विश्वकै चासाे
एजेन्सि । भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भइरहेको विवादबारे आज (शनिबार) महत्वपूर्ण वार्ता हुँदै छ।
दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो।
बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हाे। पहिलो चरणकाे बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल-मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ।
भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन्।
एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ( लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेकाे वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन्।
याे विवाद कति गम्भीर हाे भन्ने कुरा पहिलाेपटक दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच सीमामै हुन लागेकाे वार्ताले प्रस्ट पारेकाे भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्।
वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेकाे भारतीय सेनाकाे आराेप छ। केही महिनाअघि दुई देशका सेनाबीच धक्कामुक्की पनि परेकाे थियाे।
भारतले लद्दाखमा पूर्वाधार विकास तीव्र पारेपछि चीनले त्यहाँ सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो।
यही समस्या समाधान गर्न दुवै देशबीच आज सैन्य तहमा वार्ता हुन लागेको हो।
यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १० पटक वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेकाे छैन।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












