सीमा विवादबारे भारत र चीनबीच आज वार्ता, विश्वकै चासाे
एजेन्सि । भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भइरहेको विवादबारे आज (शनिबार) महत्वपूर्ण वार्ता हुँदै छ।
दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो।
बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हाे। पहिलो चरणकाे बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल-मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ।
भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन्।
एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ( लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेकाे वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन्।
याे विवाद कति गम्भीर हाे भन्ने कुरा पहिलाेपटक दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच सीमामै हुन लागेकाे वार्ताले प्रस्ट पारेकाे भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्।
वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेकाे भारतीय सेनाकाे आराेप छ। केही महिनाअघि दुई देशका सेनाबीच धक्कामुक्की पनि परेकाे थियाे।
भारतले लद्दाखमा पूर्वाधार विकास तीव्र पारेपछि चीनले त्यहाँ सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो।
यही समस्या समाधान गर्न दुवै देशबीच आज सैन्य तहमा वार्ता हुन लागेको हो।
यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १० पटक वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेकाे छैन।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












