अब निजी ल्याबमा पनि पिसिआर परीक्षण, खर्च सरकारको
काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ।
अब सरकारीसँगै निजी ल्याबमा पनि पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबमा पनि पिसिआर परीक्षणको अनुमति दिएको हो। आइतवार भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्।
गौतमका अनुसार आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थाका ल्याबमा पनि अब कोरोना परीक्षण हुने छ। निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्ने खर्च पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने जानकारी डा. गौतमले दिएका छन।
निरोगिताका लागि तीन ल्याब गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको जानकारी दिएका छन्। काठमाडौंसहित देशका विभिन्न भागमा पिसिआर परीक्षणको दायरा बढाउन मागसहित आन्दोलन नै भएका थिए। सरकारले आरडिटी मात्रै गराएको आरोप लागिरहेका बेला यस्तो निर्णय आएको हो। देशका केही निजी स्वास्थ्य संस्थाहरुले कोरोना परीक्षण गर्न सक्षम रहेको बताइरहेका थिए।
Comments
अरु समाचार
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौँ, असार १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे...
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...











