एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार नाघ्यो
काठमाडौं । नोभेल कोरोना भाइरसका ७४० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् ।
नेपालमा यसअघिसम्म उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६, बुधबार ४८२ र बिहीबार ४७३ कोरोना संक्रमित फेला परेका थिए । कुल कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरका २३ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन् ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...











