ढलको पानीबाट कोरोना सर्ने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना फैलिने सम्भावना नरहेको बताएको छ।
मन्त्रालयले आइतवार नियमित प्रेस ब्रिफिङमा ढलमा भेटिएको भनिएको कोरोनाको जीवाणु मानिसमा सर्ने सम्भावना रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले ढलको नमुना लिएर जाँच्दा कोरोना भाइरस भेटिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो जानकारी दिएका हुन्। ‘विश्वका अन्य अध्ययनले ढलको पानीमा भेटिएका जीवाणुबाट कोरोना सर्ने सम्भावना देखिएको छैन।
व्यक्ति निको भएको अवस्थामा ढलमा कोरोनाको संक्रमण भेटिन्छ। जुन सामान्यत: सार्ने हुँदैन’, उनले भने, ‘औषधि रखिएको फोहोर पानी या ढलको पानीमा कोरोना दुई दिनसम्म बाँच्ने हुन्छ। ढलबाट कोरोना सर्ने सम्भावना अहिलेसम्म देखिएको छैन।’ तर उनले ढलको पानीको उचित प्रशोधन हुनु जरुरी रहेको बताएका छन्। ‘ढलको पानीमा कोभिड-१९ भेटिँदैमा कोरोना समुदायमा सरेको भन्न मिल्दैन’, उनले भने, ‘तर ढल सफा गर्नेले पूर्ण सुरक्षाको विधि अपनाउनु पर्छ। काम गर्दा आवश्यक पिपिई, ग्लोब्ससहितका पोशाक लाउनुपर्छ।
त्यसक्रममा हातले नाकमुख हात छुनु हँदैन।’ गौतमले ढलको पानीबाट कोरोना सर्ने कुरा अहिलेसम्म पुष्टि नभए पनि अन्य सरुवा रोग भने लाग्न सक्ने भएकाले जोगिन आग्रह गरेका छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












