कोरोना भाइरसको उच्च जोखिममा काठमाडौं उपत्यका
काठमाडौं । गत आइतवार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका आधारमा ७ दिनभित्र कार्यालयका ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी हेटक्वारटरमा कार्यरत ७२ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितहरुलाई एपीएफ अस्पतालमा राखिएको केन्द्रीय कार्यालयले जनाएको छ । मुख्य कार्यालयमै जोखिम बढेपछि थप सतर्कता भने अपनाइएको कार्यालयका प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
सरकारले तोकेको मापदण्डअनुसार कार्यालय सञ्चालन भइरहेको बताउँदै कडायतले एउटै ब्यारेकमा बस्नेहरुमा संक्रमण देखिएको र उनीहरुलाई क्वारेन्टिनमा राखिएको बताए ।
‘संक्रमित बसेका कोठाहरु खाली गराएर डिस्इन्फेक्सन गरिरहेका छौं’ उनले खबरहबसँग भने, ‘त्यहाँ सील नै गर्ने गरेका छौं ।’
सुरक्षाका उपायहरु अपनाएर नियमित ड्युटी गरिरहेको बताउँदै उनले भने, ‘प्रहरी भनेको आफ्नोभन्दा पनि जनताको सुरक्षाका लागि खट्ने व्यक्ति हो त्यसकारण जोखिम मोलेरै काम गर्नुपर्छ ।’
संक्रमितहरुको कन्ट्याक्टमा आएकाहरुलाई पुलिस अस्पतालले नै पीसीआर विधिबाट परीक्षण गरिरहेको छ । यद्यपी कोरोना संक्रमणको लक्षण नदेखिएको तर आशंका गरिएकाहरु पनि अहिले सामाखुसीमा आफ्नै क्वारेन्टिनमा राखिएको कडायतले बताए ।
जोखिममा ट्राफिक प्रहरी
यता महानगरीय ट्राफिक महाशाखाले पनि प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम बढेको जनाएको छ । हाल उपत्यकाका विभिन्न स्थानमा १ हजार ५ सय ४५ जना ट्राफिक प्रहरी ड्युटीमा खटिएका छन् ।
हालसम्म ट्राफिक प्रहरीलाई कोरोना नदेखिए पनि प्रहरी जवानहरुलाई साधन स्रोतहरु उपलब्ध गराइरहेको र सर्तकता अपनाइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मास्क, स्यानीटाइजर, पञ्जा, फेस शिल्डलगायतका सामग्रीको प्रयोग गरी प्रहरीहरु ड्युटीमा खटिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।
‘सडकमा मानिसहरुलाई नछोइ बस्नु भनेका छौं । ब्यारेकमा बस्दा पनि एक मिटरको दुरी कायम गर्न अनुरोध गरका छौं’ ढकालले खबरहबसँग भने, ‘नियमित ब्रिफिङको र सुरक्षित भए नभएको अनुगमन गर्ने काम समेत भइरहेको छ ।’
करिब ४ सय जना ट्राफिक प्रहरीलाई आफ्नो डेरा वा घर नजिकै भएको सडकमा ड्युटी राख्ने व्यवस्था गरेको छ । ‘ड्युटी जाने र डेरामा मुभ भइहाल्ने गरी खटाएका छौं’ उनले भने ।
माहाशाखाले करिब ३ सय जनालाई कोरोना परीक्षण पनि गराएको छ । यद्यपी अहिलेसम्म कुनै प्रहरी जवानलाई कोरोना पुष्टि भएको छैन ।
महाशाखाभित्र हेल्थ डेक्स राखिएको छ । जसले अनुगमन गर्ने र स्वास्थ्यको जाँच गर्ने काम गरिरहेको छ ।
उपत्यकामा कोरोनाको दर बढ्दै गएपछि जनशक्ति थप गरेको र ड्युटीलाई पुर्नविचार गरेको संक्रमण बढेसँगै परिचालन बढाएको उनको भनाई छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












