घरबाहिर भन्दा बन्द कोठामा कोरोनाको उच्च जोखिम
काठमाडौं। कस्तो कोठा या घरमा कोरोना भाइरस लामो समय जीवित रहन्छ भन्ने प्रश्नमा थुप्रै शोधकर्ता र संस्थाहरूले अध्ययन गरेका छन्।
तिनको निष्कर्ष लगभग एउटै छ, सानो र बन्द स्थानमा कोरोना भाइरस बढी समय बाँच्छ। साथै, यसको ड्रपलेट्स पनि अलगअलग स्थानमा टाँसिएर लामो समयसम्म बन्द कोठामा रहने सक्ने अध्ययनबाट पुष्टि भएको छ।
शोधकर्ताहरूले घर, विद्यालय–कलेज तथा सपिङ मलहरूमा यस्तो अध्ययन गर्दा ड्रपलेट्सको प्रवाह र भाइरसको जिवाणु लामो समय बाँच्ने भनेको बन्द स्थानमै हो। पछिल्लो समय संसारभर नै सानो र चिटिक्कको घर वा कोठा निर्माणको प्रचलन विकसित छ।शहरमा कोठा सानो हुनु व्यावहारिक मान्न सकिए पनि अचेल गाउँहरूमा पनि कोठा निकै सानो बनाउन थालिएको छ।
जसरी समाजमा एकल परिवारको चलन बढ्दै गएको छ, बस्नेखाने स्थान पनि खुम्चिन थालेको छ। लामो समयदेखि चलेको सानो कोठा मानवका लागि कति स्वस्थकर भन्ने अध्ययनले यसलाई ‘हानिकारक’ पुष्टि गरिसकेको छ। कोरोनामात्र होइन, अन्यखाले सरुवा रोग पनि सानो र बन्द कोठामा बढी सर्न सक्ने उनीहरूको भनाइ छ।
कोरोना सङ्क्रमित व्यक्तिबाट निस्केको भाइरस हावामा कतिसम्म रहन्छ र कति टाढासम्म फैलन सक्छ भन्ने सवाल हावाको गति, मौसममा निर्भर रहने अध्येताहरू बताउँछन्। हावामा भाइरस लामो समयसम्म टिक्ने र त्यसले केही टाढासम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरूको पछिल्लो भनाइले सबैलाई त्रसित पारिदिएको छ।
आधुनिक घरहरू कसरी हानिकारक भए त भन्ने प्रश्नको उत्तर निकै सहज छ। आधुनिक घरहरूमा भेन्टिलेसन र प्रकाश प्रवेशको पूर्ण व्यवस्था रहेको पाइँदैन। यसकारण पनि घरभित्र पुरानै र त्यहीँ उत्पन्न हावा घुमिरहेको हुन्छ। यस्तो अवस्थामा कोही सङ्क्रमित घरभित्र वा छेउछाउमा आएको छ भने भाइरसको जीवाणु फैलने, लामो समय टिक्ने र अर्को व्यक्तिको शरीरमा प्रवेश गर्ने सम्भावना अधिक हुने नै भयो।
यसको ठीक उल्टो, ठूलो आकारको घरमा हावाको प्रवाह र प्रकाश प्रवेश सहजै भइरहेको हुन्छ। यसले गर्दा भाइरस जीवाणु घरभित्र हावाको वेगका कारण धेरैबेर टिक्न सक्दैन। सङ्क्रमित व्यक्तिबाट निस्किएको ड्रपलेट्स हावाले अवशोषित गरिदिन्छ। आधुनिक घरमा कोठा सानो हुने भएकै कारण गर्मी होस् या जाडो, कतिपय स्थानमा एअरकन्डिसन जडान गरिएको हुन्छ। कार्यालय, सपिङ मल वा अन्य कम्प्लेक्समा एसी हुन्छ नै। जहाँ एसी हुन्छ, त्यहाँ झ्याल–ढोका हरदम बन्द हुन्छ।
बन्द कोठामा कोही सङ्क्रमित व्यक्ति प्रवेश गरिदिँदा उसले छोएका हरेक स्थानमा भाइरसको किटाणु टाँसिएर रहेको हुन्छ। र, त्यसलाई अर्को कुनै स्वस्थ व्यक्तिले स्पर्श गर्दा त्यो सरिहाल्छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












